राज्यलाई बुझाएको राजश्वको २० प्रतिशत बजेट पनि मधेश प्रदेशमा फिर्ता गएको छैन : सिके राउत

काठमाडौँ– जनमत पार्टीका अध्यक्ष तथा सांसद सिके राउतले मधेश प्रदेशले राज्यलाई बुझाएको राजश्वको २० प्रतिशत बजेट पनि मधेश प्रदेशमा फिर्ता नगएको भन्दै गुनासो गरेका छन् । शुक्रबार प्रतिनिधिसभाको मन्त्रालयगत विनियोजित बजेटको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन् ।
‘गण्डकी प्रदेशले जति राजश्व दिन्छ, त्यसको ५ गुणा बढी बजेट उसले पाएको छ,’ सांसद राउतले भने, ‘कर्णाली प्रदेशले जति राजश्व तिरेको छ, त्यसको २९ गुणा बढी बजेट उसले पाएको छ । सुदूरपश्चिमले जति राजश्व यो राज्यलाई दिएको छ, त्यो भन्दा ६ गुणा बढी बजेट उसले पाएको छ । तर, मधेशले जति राजश्व दिएको छ, त्यसको २० प्रतिशत पनि फिर्ता मधेशमा गएको छैन । यसले कुन प्रकारको औपनिवेशिक शासन मधेशमा लादिएको छ भन्ने तथ्य देखाउँछ ।’
मधेशका लागि छुट्याइएकाे बजेट हेर्दा काम गर्ने कालु र मकै खाने भालुको उखानजस्तै भएको उनको तर्क छ । अन्य जिल्लाकाे तुलनामा सप्तरी जिल्लालाई बजेट नदिइएको भन्दै उनले सरकारलाई प्रश्न समेत गरेका छन् ।

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया