सांसद रेखा यादवको प्रश्न– सरकारको सञ्चालन दायित्व भएका संस्था किन ध्वस्त हुन्छन् ?
काठमाडौँ–प्रतिनिधिसभा सांसद रेखा यादवले सरकारले सञ्चालन गरेका संस्थाहरू ध्वस्त भइरहेको बताएकी छिन् । शुक्रबार प्रतिनिधिसभाको मन्त्रालयगत विनियोजित बजेटको छलफलमा भाग लिँदै उनले यस्तो बताएकी हुन् ।
‘अहिले देशको आर्थिक अवस्था गम्भीर छ भन्ने हामी सबैलाई सर्वविदितै छ,’ उनले भनिन्, ‘तर देशमा रहेको उद्योग बन्द भएको छ । के अर्थव्यवस्था यसरी सम्भव हुन सक्छ ? जहिले पनि सञ्चालनको दायित्व जब सरकारलाई भएको हुन्छ, सरकारमा पर्ने बित्तिकै त्यो संस्था ध्वस्त भएको देखिएको छ, किन ? त्यसको जिम्मा कसले लिने ?’
पुराना उद्योगहरूलाई सञ्चालन गर्न सके देशको आर्थिक अवस्था मजबुत हुन सक्ने उनको भनाइ छ ।
‘अहिलेसम्म सरकारको सञ्चालन दायित्व रहेको नेपाल मेटल कम्पनी, विराट जुट मिल, बुटवल धागो कारखाना लिमिटेड, जनकपुर चुरोट कारखाना, नेपाल ओरियन्ट म्याग्नेसाइट, गोरखकाली रबर उद्योग, हेटौँडा उद्याेगहरू बन्द भएका छन्,’ उनले भनिन्, ‘किनभने यसमा स्वामित्व नेपाल सरकारको थियो । तर पनि किन त्यसरी बन्द भयो ? आखिर यस्को प्रक्रियामा कहाँ बरखिलाप भए, कसरी भष्ट्राचार छि¥यो ? यसलाई हेरेर सञ्चालन गर्न सक्यौँ भने हाम्रो अर्थव्यवस्था मजबुत हुनसक्छ ।’

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया