सुरुङ मार्गले क्षति गरेका घरलाई तत्काल सरकारले क्षतिपूर्ति दिइयोस् : सांसद श्रेष्ठ
काठमाडौँ–नेकपा एमालेका सांसद कृष्ण गोपाल श्रेष्ठले सुरुङ मार्ग निर्माणका क्रममा भएको ब्लाष्टिङका कारण त्यस वरपरका घरमा क्षति पुगेको भन्दै सरकारले तत्काल क्षतिपूर्ति दिनुपर्ने बताएका छन् ।
शुक्रबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले सुरुङ मार्गको दहचोक खण्डमा ब्लाष्टिङका कारण वरपरका घर चर्किन थालेको भन्दै सरकारसँग यस्तो माग राखेका हुन् ।
‘सुरुङ निर्माणको क्रममा भित्र ढुंगा ब्लाष्टिङ गर्दा त्यसको ब्लाष्टिङले वरपरका घरहरू चर्किन थालेको छ । त्यसकारण सुरुङ मार्ग परियोजनाले ती घरहरूमा यथास्थिति जे जस्तो छ, त्यसको अध्ययन गरेर क्षतिभएका घरलाई तत्काल सरकारले क्षतिपूर्ती गरोस् ।’
जोखिममा भएका घरहरूलाई तत्काल सुरक्षित स्थानमा सार्नुपर्ने पनि उनको भनाइ छ । सुरुङ मार्गको निर्माण कार्यमा ढिलाइ भएको भन्दै उनले निर्माण कार्य छिटो गराउन पनि सरकारसँग अनुरोध गरेका छन् ।

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया