महामारीमा अस्पतालमा ब्रह्मलुट
सरकारीमा टेक्ने ठाँउ छैन, निजीमा चर्को शुल्क !

बुटवल : कोभिड १९ को महामारी भएसँगै नागरिकहरु उपचारका लागि स्वास्थ्य केन्द्रहरुमा धाइरहेका छन् । सरकारी अस्पतालहरुमा टेक्ने सम्म ठाँउ नपाएपछि उनीहरु निजी स्वास्थ्य संस्थाहरुमा उपचारको याचना गरिरहेका छन् । अस्पतालहरुमा बेड र अक्सिजन नपाएपछि भौतारिरहेका नागरिकमाथी कतिपय स्वास्थ्य स्वास्थ्य संस्थाहरुले कमाउने अवसरका रुपमा लिएका छन् ।
कपिलवस्तुको वालापुरकी गिता थापा सरकारी अस्पतालहरुमा कतै उपचारका लागि बेड नपाउने भए पछि आफन्तले जिल्लाको चन्द्रौटास्थित एक निजि अस्पतालमा लगे । जहाँ उनको दुई दिनकै उपचार खर्च ४८ हजार निस्कियो । ज्वरोको उपचार र औषधीको मुल्य जोडेर ४८ हजार रुपैयाँ परेपछि आफन्त जिल खाए ।
उनी मात्र होइन, उक्त अस्पतालको सेवा लिन आएका जिल्लाकै सुरेन्द्र पोख्रेलको नाममा पनि २५ हजारको बील बन्यो । एक दिन अस्पताल राखेर उपचार गर्दा त्यति बढी रकम अस्पतालले मागेको पोख्रेलका आफन्त हेमेन्द्र पौडेलले जानकारी बताए ।
उनी मात्र होइनन्, कपिलवस्तुकै सन्तोष कुमार खड्काले सोहि अस्पतालमा तीन दिनको शुल्क ६८ हजार बुझाएका छन् । यसरी अस्पतालमा ज्वरोकै उपचार गर्दा यति बढी शुल्क आएपछि स्थानिय अस्पतालप्रति आक्रोशित समेत भएका छन् ।
चिकित्सकको सेवा पाएर निको हुने आशामा उपचार गराउन बिरामी अस्पताल जाने गर्छन् । तर सामान्य उपचार खर्चको बील रकम ४० देखी ७० हजारसम्म आए पछि बिरामी रोगले भन्दा पनि आर्थिक पीडाले मानसिक तनावमा पर्ने गरेका छन् ।
सोहि अस्पतालमा आफन्तलाई उपचारका लागि भर्ना गर्दा मनपरी असुली भएको देखेपछि शिवराजका शिरिष मगरले अस्पतालको बील फेसबुकमार्फत सार्वजनिक गरेका छन् । सोही बीलका आधारमा अस्पतालले बिरामीसँग अत्यधिक बढी मूल्य लिएको देखिन्छ ।
न बील न त मापदण्ड
अस्पतालले उपचारमा मुल्य मात्र ठगेको छैन, जसले आवश्यक मापदण्ड नै पुरा नगरेका कारण बिरामीको ज्यान जोखिममा पारेका छन् । अस्पतालको आवश्यक मापदण्ड पुरा गरे नगरेको विषयमा अनुगमन गर्ने निकाय मौन बस्दा पनि स्वास्थ्य संस्थामा यस्तो मनलाग्दी भएको पाइन्छ ।
अस्पतालमा डाक्टर त छन् तर अस्पतालको भित्तामा मात्र । जस्मिन अस्पतालका एक जना कर्मचारीले भने, ‘डाक्टरहरु त हुनुहुन्न, कहिले काँही आवश्यक परे बोलाउने हो ।’
तर भित्तामा भने उनीहरुको नाम छ । त्यति मात्र होइन, त्यहां कार्यरत चिकित्सकको एनएमसी नम्बर समेत छैन । फार्मेसीमा योग्यता अनुसारको जनशक्ति नभएको कुरा अनुगमनमा पाइएको शिवराज नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेश अर्यालले बताए ।
उपचारका लागि आएकी गिता थापाले उपचार खर्चको बील पाइनन् । उनलाई अस्पतालको दर्ता रजिष्टरमा लेखिएको विवरणका आधारमा रकम तिर्न भनियो । तर केहि बेर बील नभए पैसा कसरी दिने भनेर आफन्तले भनेपछि अस्पतालको लेटर प्याडमा छाप लगाएको बील दिईयो ।
जहाँ १ हजार ६ सय ४० रुपैया छुट गरी ३९ हजार रुपैयाँ भुक्तानी गरेको देखिएको छ । बील छैन भनेर कसैले सोधी हाले अस्पतालका कर्मचारीहरुको जवाफ प्रेसमा छाप्न दिएको छ भन्ने आउँछ ।
जिल्लाका सरकारी अस्पतालहरु बिरामीले भरिएका छन् । कुनै पनि अस्पतालमा बिरामीका लागि बेड नभएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले बताए । उनले निजि अस्पतालहरुले यस्तो मौकामा बढी शुल्क लिएको गुनासाहरु आएका कारण अनुगमन अघि बढाइएको जानकारी दिए ।
अस्पताल बन्द गर्न निर्देशन
कपिलवस्तुको चन्द्रौटामा रहेको जस्मिन अस्पतालको सेवा प्रवाहलाई बन्द गर्न स्थानीय सरकारले निर्देशन दिएको छ । आइतबार स्थलगत अनुगमनपछि शिवराज नगरपालिकाले जस्मिन हस्पिटल प्रालिलाई बन्द गर्न निर्देशन दिएको हो ।
अस्पतालले बिरामी सेवाग्राहीबाट बढी रकम असुली गरेको भन्ने जनगुनासो आएपछि अनुगमन गरिएको थियो । अनुगमन गर्दा आवश्यक कागजात नभएको भन्दै हस्पिटल बन्द गर्न निर्देशन दिएको शिवराज नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत अर्यालले बताए । शिवराज नगरपालिकाका उपप्रमुख शिव कुमारी चौधरीको नेतृत्वमा गरिएको अनुगमन टोलीले हस्पिटलको आइतबार अनुगमन गरेको थियो ।
अनुगमनका क्रममा एनएमसी नम्बर नभएको, मुल्य सूचि नराखेको, खरिद बिल खरिद खाता नराखेको, बिक्री बिल जारी नगरेको, फार्मेसीमा फर्माष्टिस नराखेको, म्याद गुज्रिएको औषधि स्टोर नगरिएको, खरीद मुल्य र एम आरपीसँग तालमेल नरहेको र अत्यधिक बढी मुल्यमा औषधि बिक्री गरेको पाइएकाले हस्पिटल बन्द गर्न निर्देशन दिएको हो । हस्पिटलमा तीन जना बिरामी भर्ना रहेकोले तीन दिन भित्र डिस्चार्ज गरि बन्द गर्न निर्देशन दिइएको इलाका प्रशासन कार्यालय चन्द्रौटाका प्रमुख नेत्र प्रसाद शर्माले जानकारी दिए ।
तोकिएको दररेट भन्दा अत्यधिक बढी रकम लिएको र भुक्तानी बील नभएकोले कारवाही प्रक्रिया अघि बढेको शिवराज नगरपालिकाका उपप्रमुख शिव कुमारी चौधरीले जानकारी दिइन् ।
यस्तै अनुगमन टोलीलाई अवरोध गरी अभद्र व्यवहार गरेको भन्दै हस्पिटलका दुई कर्मचारीलाई नियन्त्रणमा लिन प्रहरीलाई निर्देशन दिइएको छ । हस्पिटलको डाक्टर बताउने रोशनी नेपाली र ज्योति नेपालीलाई पक्राउ गर्न शिवराज नगरपालिकाले प्रहरीलाई आग्रह गरिएको जानकारी दिएको छ ।

ऋण खोजेर थेरापी सेन्टरका कर्मचारीलाई तलब

ट्राफिक प्रहरीद्वारा तीन करोड राजस्व संकलन
_tWz1QGOaWs_fucyit9ouu2bowec4iawwnfi7eqzo6fvyzubfpbxaiztnfrsyuviykc07tnh_iREZ3Cczd0_ahffsylnyd6yhgdvvgipqrcnsrxfoamcngodvjngdi8qbbnilicqpfaflwyz.jpg)
होमस्टेलाई प्रोत्साहन गर्दै स्थानीय सरकार

तीन लाख घुससहित वडाध्यक्ष पक्राउ

जैविक विविधताकाले महत्त्वपूर्ण कान्ति ताल ‘बर्च वाचिङ’का रूपमा विकास गर्न सकिने

सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको काम सकियो

जगदम्बा स्टिलमा विस्फोट हुँदा एक घाइते

प्रतिक्रिया