अब हाेस्टलमै राखेर क्रिकेट खेलाडीलाई प्रशिक्षण गराइने

काठमाडौँ- युवा खेलाडीलाई प्रशिक्षण तथा आवासको सुविधा उपलब्ध गराउने उदेश्यसहित मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज (शुक्रबार) बाट होस्टल निर्माण सुरु भएको छ । नेपाल क्रिकेट संघ (क्यान) का महाप्रबन्धक वृतान्त खनालले मुलपानी क्रिकेट मैदानमा होस्टल निर्माण कार्य शुक्रबारबाट सुरु गरिएको बताए ।
खनालका अनुसार यू-१९ तथा यू-१६ तथा आवश्यकताअनुसार त्यस मुनी उमेर समूह खेलाडीलाई नियमित प्रशिक्षण दिन तथा उनीहरुलाई बन्द प्रशिक्षणमा राख्नका लागि होस्टल निर्माण कार्य सुरु भएको हो ।
‘टिममा परेका अथवा नयाँ युवा खेलाडीलाई ३ देखि ४ महिना होस्टलमा राखेर बन्द प्रशिक्षण सञ्चालन गरिनेछ र यसका लागि उनीहरुलाई होस्टलमै राखिनेछ,’ खनालले इकागजसँग भने। उनले खेलाडीहरुलाई होस्टल सधै नराखी प्रशिक्षणको समयमा मात्र राखिने समेत जनाए ।
होस्टल प्रिफ्याब एकतल्ले हुने तथा त्यसमा तत्काल ७ अथवा ८ कोठा निर्माण गरिने भएको छ । खनालले नेपाली क्रिकेट टिमका लागि खेलाडी उत्पादन गर्ने तथा नेपालको ‘बेन्च’ बलियो बनाउने उदेश्यले समेत होस्टल निर्माण कार्य थालिएको जनाए । समयसीमा नतोकेपनि उनले सकेसम्म चाँडै होस्टल निर्माण कार्य सम्पन्न गरिने जानकारी गराए ।
मुलपानी मैदानभित्रै भएपनि ‘मास्टर प्लान’ अनुसार यसअघि नै दर्शक बस्ने क्षेत्रमा आवासगृह निर्माण गर्ने तय भएको योजनाअनुरुप नै होस्टल बनाउन लागिएको उनले थपे ।
‘बेन्च स्ट्रेन्थको समस्या समाधान गर्न तथा खेलाडीको संख्या बढाउनका लागि पनि होस्टलसहितको सुविधा राखेर प्रशिक्षण गराउने योजना छ,’ खनालले भने ।
होस्टल निर्माणका लागि भने कागेश्वरी मनोहरा नगरपालिकाले गणेशमान सिंह फाउन्डेसन तथा क्यानसँग सहकार्य गरेको छ । कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्कीले होस्टल निर्माणका लागि गणेशमान सिंह फाउन्डेसनले अनुमानित १ करोड २० लाख प्रदान गरेको इकागजलाई जानकारी गराए ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया