अस्पताल जाँदैनन् संक्रमित, घरमै उपचार

झापा : नयाँ भेरियन्टसहितको कोभिडका कारण बिरामी बनेकामध्ये झापाका अधिकांश नागरिकले घरमै घरेलु उपचार गराउने गरेको पाइएको छ ।
आफूलाई कोरोना सङ्क्रमण भएको थाहा हुनासाथ सङ्क्रमितले छुट्टै होम आइसोलेशनमा बसेर बेसार पानी, गुर्जो, अदुवाको रस, पिप्ला, मरिच र तुलसीका पात पकाएर सेवन गर्नुका साथै कागतीको रस एक दुई थोपा नाकमा दिनहुँ हाल्ने गरेको पाइएको हो । सास फेर्न समस्या देखिए सकभर घरमै अक्सिजन सिलिण्डर लाने र अक्सिजन सिलिण्डर नपाए मात्रै उपचारका लागि अस्पताल जाने गरेका छन् ।
गौरीगञ्ज गाउँपालिकामा कोरोनाको दोस्रो भेरियन्टपश्चात् आजसम्म ६० सक्रिय सङ्क्रमित रहेका छन् । गाउँपालिकाको स्वास्थ्य शाखा कार्यालयले उपलब्ध गराएको विवरणअनुसार सङ्क्रमितमध्ये ५० जना होम आइसोलेशनमा छन् भने दुई जनाले कोशी अस्पतालमा उपचार गराइरहेका छन् । कूल सङ्क्रमितमध्ये एक जनाको मुत्यु भइसकेको छ ।
दोस्रो भेरियन्ट देखा परेपश्चात् गाउँपालिकाद्वारा १२२ जनाको स्वाव सङ्कलन गरिएको स्वास्थ्य शाखाप्रमुख रामचन्द्र मिश्रले बताए । कोरोना सङ्क्रमित ६० मध्ये सात जना सङ्क्रमण मुक्त भइसकेका छन् ।
कोरोना रोकथाम तथा नियन्त्रण गर्न गाउँपालिकाले १५ शय्याको आइसोलेशन र ८ वटा अक्सिजन सिलिण्डर तयारी अवस्थामा राखेको छ । पचास शय्या क्वारेन्टिन कोरोना सङ्क्रमित बिरामीका लागि तयारी अवस्था राखिए पनि दोस्रो भेरियन्टपछि कोही पनि बिरामी अस्पताल आएका छैनन् । शय्याहरू खाली छन् । बिरामीले घरमै उपचार गराइरहेका छन् ।
गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख रामचन्द्र मिश्रले नेपाल सरकारको प्रोटोकलअनुसार नै बिरामी होम आइसोलेशनमा बसेको बताए । उनले होम आइसोलेशनमा बसेका बिरामीहरुसँग नियमितरूपमा स्वास्थ्यकर्मीहरुको सम्पर्क भइरहेको र उनीहरुको स्वास्थ्य अवस्थामा क्रमिक सुधार हुँदै गरेको जानकारी दिए ।
गौरीगञ्जमा मात्र होइन झापाका हरेक स्थानीय तहका नागरिकले कोरोना सङ्क्रमित भएको खण्डमा घरमै उपचार गराउँदै आएका छन् । सन्तोष आचार्य, पुष्प बराल, वीरबहादुर दर्नाल, गोपाल काफ्ले, पर्वत पोर्तेललगायतका पत्रकारहरु पनि कोरोना सङ्क्रमणपछि घरमै उपचार गराएर स्वास्थ्यलाभ गरिरहेको नेपाल पत्रकार महासङ्घ झापाका अध्यक्ष एकराज गिरीले जानकारी दिए । रासस

सुनसरीमा पानी नपर्दा सुक्यो धानको ब्याड

ढिला अस्पताल लैजाँदा सुत्केरीको बाटोमै गयो ज्यान

दुई करोड ३० लाख लागतमा प्रशासनिक भवन निर्माण सकियो
_UwsmNTMtXu_cvfpczgougartzgwa0telwoajstscjdswvvmdzadvgsysaxjtffmzrfsco8f_ilPA7QqieZ_uifrxvcpmisg03zc407d9ayzveqpihatj182un0yswxoapbbqbh77fi1xucc.jpg)
रिजाल धारा खानेपानी मुहान संरक्षणले नागरिकलाई सहज

धरानको चिन्डेडाँडामा पर्यटकको चहलपहल
तेह्रथुमका किसान व्यावसायिक रूपमा सिस्नु खेती गर्दै

आधा अर्ब अधिक खर्चेर ग्रामीण सडक कालोपत्र गरिँदै
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_n3S9MNoAp1_3c1ydgnjtu2rwzxyouy4xx7k4ptr6y7bpeln2qap3yrx98etpqw5to74ozcg_qTrD5aL0HC_t7jzvzr6uohsyen1hahox2qwhz9qj5g41pilolujubo97t7szo1nud6bpgwa_wtwi1PX1WJ_xruwkfuwehv1uyolrmuy2uerw0yhzhw8mslnfh0gyjxehqznwtdyl9amswwv.jpg)
प्रतिक्रिया