कोरोनाका कारण सिमकोट-७ पनि सिल

हुम्ला : कोरोना सङ्क्रमणलाई मध्यनजर गर्दै सिमकोट गाउँपालिकाको वडा ७ लाई पनि आइतबारदेखि सिल गर्ने निर्णय गरिएको छ । वडाको निर्णयानुसार जिल्लाले जारी गरेको निषेधाज्ञाको अवधिमा वडाक्षेत्र पूर्णरूपमा सिल गरिएको वडाध्यक्ष राजबहादुर शाहीले बताए ।
उनका अनुसार पूर्वमा सिमकोट लाग्ना, पश्चिममा नाम्खाको ताग्रु खोला, दक्षिणमा सिमकोट–८ को स्याँडा जाने पुल र उत्तरमा हिल्सा–सिमकोट सडकभित्रको चार किल्लालाई सिल गर्ने निर्णय वडाले गरेको छ । बाहिरबाट आउनेहरुका कारण कोरोना सङ्क्रमण समुदायस्तरमा फैलिएकाले निषेधाज्ञाको अवधिभर वडालाई सिल गर्ने निर्णय गरिएको वडाअध्यक्ष शाहीले जानकारी दिए ।
हुम्लामा एन्टिजेन परीक्षणमा ५६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जनस्वास्थ्य कार्यालय हुम्लाले जनाएको छ । जिल्लामा हालसम्म ४६ जना सक्रिय सङ्क्रमित रहेका छन् । रासस

गाउँपालिकाको एम्बुलेन्स दुर्घटना, चालक घाइते

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु
मुद्दा मिलाइदिन्छु भन्दै रकम असुली गरेको कसुरमा दुई पक्राउ

जुम्लाको राक्से पाटनमा १३ भेडा पुरिए

माटोको ढिस्को खस्दा एकको मृत्यु, पाँच घाइते

जुम्लामा ट्रयाक्टर दुर्घटना : एक जनाको मृत्यु, चार घाइते

हुम्लाको उनापानीमा आगलागीबाट आठ घर नष्ट

प्रतिक्रिया