कोशीमा अध्यादेशबाट ल्याइएको बजेट प्रस्तुत हुँदै

विराटनगर - कोशी प्रदेश सरकारले अध्यादेशबाट ल्याएको आब २०८०/८१ को वार्षिक बजेट आर्थिक मामिला तथा योजना मन्त्रालयको सभाहलमा प्रस्तुत हुने भएको छ ।
सोही मन्त्रालयको मन्त्रीको समेत जिम्मेवारी सम्हालिरहेका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले आजै बजेट प्रस्तुत गर्न लागिरहेका छन् ।
सरकारले बजेट नै नल्याइ बुधबार बजेट अधिवेशन अन्त्य गरेर अध्यादेशबाट बजेट ल्याएको हो । सरकारको सिफारिसमा कोशी प्रदेशको आर्थिक अध्यादेश २०८० र प्रदेश विनियोजन अध्यादेश २०८० लाई प्रदेश प्रमुख परशुराम खापुङ्गले प्रमाणीकरण गरि बिहिबार बिहान जारी गरेका हुन् ।
नीति तथा कार्यक्रम र बजेटको मुखमा सत्ता परिवर्तनको खेल सुरु हुँदा कोशी प्रदेशको बजेट नै अध्यादेशबाट ल्याउनु पर्ने अवस्थामा सरकार पुगेको हो ।
सत्ता साझेदार जसपा र माओवादी केन्द्रले नीति तथा कार्यक्रम र बजेटको मुखमा सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । दुई दलले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री हिक्मतकुमार कार्की अंक गणितले अल्पमतमा परेका छन् ।
प्रतिपक्षी दलहरूले भने अल्पमतमा परेको सरकारले संविधान छलेर अध्यादेशबाट बजेट ल्याएको भन्दै विरोध जनाइरहेका छन् ।
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_8zoUKedmXU_dpojbthojefeqqst3sblsupl4nzfxwutlxpf7ds28rkmxq6m4pnzykltpb5m.jpg)
सभाखोलामा आएको बाढीले जनजीवन प्रभावित

तराई, पहाड र हिमालको अनुभव हुने ‘ग्रेटर मुन्दुम ट्रेल’

हुरीले घर भत्किँदा एक जनाको मृत्यु

चोरी भएका ल्यापटप एक वर्षपछि फेला परे
६४ वर्षमा पनि जाँगरिला ‘युक्ति’

चन्दा सङ्कलन गरेर विद्यालयलाई बस

१५ लाख भारुसहित एक जना पक्राउ

प्रतिक्रिया