छाेरीलाई जबरजस्ती करणी गरेकाे आरोपमा बाबुलाई जन्मकैद

इलाम । आफ्नै बाह्र वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा इलामका एक व्यक्तिलाई जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको छ । न्यायाधीश दिलीपकुमार दाहालको इजलासले ३५ वर्षीय ती व्यक्तिलाई जन्मकैदसहित सात लाख रुपियाँ जरिवाना र एक लाख रुपियाँ क्षतिपूर्ति भराउने फैसला सुनाएको अदालतका श्रेस्तेदार फणीन्द्र भट्टराईले बताए ।
यस्तै दुई हजार आठसय रुपियाँ पीडित राहत कोषमा भराउने फैसला गरेको उनको भनाइ छ । पीडित बालिका उनका बाबुसहित हजुरआमा र काकासँग बस्दैआएकी थिइन् । परिवारका सदस्य कोही नभएको बेला बाबुले जबरजस्ती करणी गरी कसैलाई नभन्नु भन्दै धम्की दिएको पीडितका काकाले दिएको जाहेरीमा उल्लेख छ ।
जाहेरीमा पीडित बालिकाकी आमा भने मानसिक असन्तुलनका कारण भारतमा उपचाररत रहेको परिवारका सदस्यले बताएका छन् । घटना २०७९ चैत ५ गते भएको थियो । घटनालगतै पक्राउ परेका पीडक पुर्पक्षका लागि थुनामा रहेका थिए ।

सेनाद्वारा बृहत स्वास्थ्य शिविर सञ्चालन

सुनको मूल्य बढ्यो, कतिमा कारोबार हुँदैछ ?

करको दायरा बढाउन माग

जैमिनीलाई पूर्णखोप सुनिश्चितता घोषणा

चट्याङ लागेर बालकको मृत्यु

सहयोग जुटाएर एकाघरका चार दृष्टिविहीनलाई आवास बनाइँदै
रु एक करोड ४८ लाखको लागतमा झिँमा वडा कार्यालय भवन निर्माण

प्रतिक्रिया