आइतबार ०४ जेठ, २०८२
Sunday, May 18, 2025

प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथि मन्त्रालयगत छलफल हुने

फाइल तस्बिर

काठमाडौँ- आज प्रतिनिधिसभाको बैठक बस्दै छ । 

संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे सो बैठक बस्नेछ । 

आजको बैठकबाट मन्त्रालयगत रुपमा विनियोजन विधेयकमाथिको छलफल प्रारम्भ हुनेछ । 

बैठकमा वन तथा वातावरण मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय र सहरी विकास मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल हुने संसद् सचिवालयले जानकारी दिएको छ । 

यी मन्त्रालयका विभिन्न शीर्षकमाथि सांसदहरूले खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।