मकवानपुर करेण्ट लागेर दुई जनाको मृत्यु

मकवानपुर - मकवानपुरको बकैया गाउँपालिकामा करेण्ट लागि दुई जनाको मृत्यु भएको छ ।
करेण्ट लागि मृत्यु हुनेमा बकैया ८ गोठडाडा बस्ने ६० वर्षीय खर्क बहादुर थिङ र ५० वर्षीय पूर्ण बहादुर लो रहेको मकवानपुर प्रहरीले जनाएको छ ।
जेठ ३१ गते दिउँसो ३ बजेको समयमा बकैया ८ तल्लो बिरेफाटस्थित जीत बहादुर बम्जनको मकै बारीमा लत्रीएको बिजुलीको नाङ्गोतार उठाउन पोल गाड्न खाडल खन्ने क्रममा तारले फलामको खन्ती छुदा करेण्ट लागेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार करेण्ट लागि थिङ र लोको घटनास्थलमै मृत्यु भएको हो ।
घटनास्थलमा हात्तीसुडे प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक कृष्ण गौतमसहितको टोली गई घटनास्थल सुरक्षित राखिएको तथा थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरीक्षक सहितको टोली खटिएको बताइएको छ ।

मानव अधिकारको हरेक सवालमा आयोग संवेदनशील हुनुपर्छ : प्रदेश प्रमुख देवकोटा

छोरी भेट्न गएका प्रजा मृत भेटिए

अण्डा उत्पादन घट्यो , मूल्य बढ्यो

पाँचखाल नगरपालिकाद्वारा कर नतिर्ने इँटा उद्योग सिल

सवारीसाधनको ठक्करबाट पैदलयात्रीको मृत्यु

बागमती प्रदेशमा लक्ष्यको ९४ दशमलव १२ प्रतिशत राजस्व सङ्कलन

६४ हजारले लिए कामपाको निःशुल्क कानुनी सेवा

प्रतिक्रिया