दाहालको उत्पति थलोमा प्रधानमन्त्री दाहाल किन पुगे ?

सुर्खेत - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज दैलेखको दुल्लुमा रहेको दाहालको उत्पति थलोमा आए । आज दिउँसो प्रधानमन्त्री दाहाल सेनाको हेलिकप्टरबाट दुल्लु स्थित दह गाउँमा आए । दह गाउँ दाहालहरुको उत्पति थलोको रुपमा मानिन्छ ।
प्रधानमन्त्री दाहाल कुल शिरोमणि दाशु स्मृति तथा अनुसन्धान प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा सहभागी भए । कुल शिरोमणि दाशुको सुरुको बसोबास भएको स्थान दह गाउँमा ६६ इन्चको पूर्ण कदको प्रतिमा (सालिक) स्थापना गरिएको छ । प्रधानमन्त्री दाहालले प्रतिमा अनावरण गरेका छन् । यो प्रतिमा २५ जेठमा काठमाडौँबाट देवघाट, नारायणघाट, गैँडाकोट, चौरमारा, बर्दघाट, दाउन्ने, बुटवल, गोरुसिङ्गे, लमही, दाङ, कोहलपुर, सुर्खेत, दैलेखको डुङ्गेश्वर हुँदै दह गाउँमा लगिएको थियो ।
दाशुले सुरुमा बसोबास गरेको स्थान दह गाउँलाई दाशु तीर्थस्थल र पर्यटकीय स्थलको रूपमा विकास गर्न थालिएको छ । राष्ट्रको एकतालाई बलियो बनाउन, राष्ट्रको विकास र समृद्धिलाई नयाँ गतिमा अघि बढाउनका आफू अग्रसर रहेको बताएका छन् ।
कूल शिरोमणि दाशुको प्रतिमा (सालिक) अनावरण कार्यक्रममा बोल्दै उनले पहिलो पटक प्रधानमन्त्री हुँदा एकीकृत विकास गर्ने सपना देखेको बताएका हुन् । दाहालले आर्थिक सङ्कटको बेला प्रधानमन्त्री भए पनि आर्थिक सङ्कटलाई समाधान गर्दै सुशासनको पक्षमा नयाँ सङ्कल्प सहित अघि बढेको दाबी गरे । उनले देशमा समृद्धिको युगको सुरुवात भएको बताए ।

जुम्लामा विद्युत् सेवा बन्द हुँदा ४८० अन्धकारमा बस्न बाध्य

एनआरएनए अस्ट्रेलियाको सहयोगमा जाजरकोटमा विद्यालय भवन निर्माण

प्रधानाध्यापक शाही मृत भेटिए
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_p1kjHNyyRb_chwqdmp6rxidvmv0ry1c9ky7glxdfkh1pfu188bylolswtgvk3efaptuj2hg.jpg)
सशस्त्रको भोजमा गोली पड्किँदा सुरक्षा निकायको जवाफ- गोली र पटकाको आवाज पनि न…

कर्णालीमा पाँच हजारभन्दा बढी उद्योग खारेजी

बाढीले भेडीगोठका २६ बाख्रा पुरिए

जुम्लाको तातोपानीमा लिफ्ट सिँचाइ आयोजना निर्माण

प्रतिक्रिया