हर्क साम्पाङविरुद्ध उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश

विराटनगर - उच्च अदालत विराटनगरले धरान उपमहानगरपालिकाका प्रमुख हर्क सम्पाङविरुद्ध दायर रिटमाथि अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
धरान खानेपानी बोर्डको सदस्यमात्र रहेका साम्पाङले नियमविपरीत अध्यक्षसरह काम गर्दै आएको भन्दै दायर रिटमाथि उच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । यद्यपि धरान खानेपानी बोर्ड अध्यक्ष विहीन रहेको छ ।
हर्कविरुद्ध खानेपानी बोर्डका सदस्य विजय श्रेष्ठलगायतले खानेपानी बोर्डको बैठक नबोलाई हर्कले एकलौटी रुपमा काम गरेको भन्दै उच्च अदालत विराटनगरमा रिट दायर गरेका थिए । अदालतका न्यायाधीश मुरारीबाबु श्रेष्ठको इजलासले दुवै पक्षलाई छलफलका लागि जेठ ३२ गते बोलाएको छ ।

६० किलो सुन तस्करी प्रकरण : अमला रोकालाई धरौटीमा छाड्न आदेश

उच्च अदालतका लागि ४ न्यायाधीश सिफारिस

न्यायाधीशलाई मोसो दल्नु न्यायपालिकामाथि आक्रमण : न्यायाधीश समाज

राजावादीको तीनकुने घटना : दुर्गासहित ७ जना थुनामा, ३२ जना धरौटीमा रिहा (…

सर्वोच्चले ५२ संवैधानिक पदाधिकारीविरुद्धको निर्णय असार १८ गते सुनाउने
आयोगले एकैसाथ तीन मुद्दा दायर गर्यो

प्रतिक्रिया