संसदीय सुनुवाइ समितिको वैधानिकतामै प्रश्न उठाउँदै उजुरीकर्ताले गरे छलफल बहिस्कार

काठमाडौंं - संसदीय सुनुवाइ समितिको वैधानिकतामा प्रश्न उठाइएको छ । बुधबार प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध उजुरी दिएकासँग समितिले छलफल गर्न बोलाएको थियो ।
तर, उजुरीकर्तासमेत रहेका अधिवक्ता युवराज कोइरालाले संसद्को संयुक्त बैठक सञ्चालन तथा समिति सञ्चालन नियमावली राजपत्रमा प्रकाशित नभएको भन्दै समितिको वैधतामा प्रश्न उठाएका हुन् । नियमावली राजपत्रमा प्रकाशित नभइ संसदीय सुनुवाइ समितिले काम गर्न नसक्ने उनको जिकिर छ ।
उनीसहितका उजुरीकर्ताले समितिबाहिरै विरोध गरेर छलफलमा सहभागी भएनन् ।
बिहीबार प्रस्तावित प्रधानन्यायाधीश कार्कीको अन्तिम सुनुवाइ गर्ने तयारी गरेको समितिले बुधबार उजुरी कर्तासँग छलफल गर्ने कार्यतालिका बनाएको थियो । कार्कीविरुद्ध २९ वटा उजुरी परेका छन्।

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया