सुदूरपश्चिममा आज थप १०५७ जनामा कोभिड पुष्टि, २१ जनाको मृत्यु

धनगढी : सुदूरपश्चिम प्रदेशमा थप एक हजार ५७ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार, दुई हजार एक सय ९६ जनाको कोरोना परीक्षण गर्दा एक हजार ५७ जनामा संक्रमण पुष्टि भएको हो । पीसीआर विधिबाट नौ सय ४४ र एन्टिजेन विधिबाट एक सय १३ जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या ३० हजार चार सय २० पुगेको छ । संक्रिय संक्रमितको संख्या नौ हजार नाघेको छ भने तीन सय जनाको मात्रै अस्पतालमा उपचार भइरहेको छ । निर्देशनालयका अनुसार, पछिल्लो २४ घण्टामा थप २१ जना संक्रमितको मृत्यु भएको छ । कैलालीका नौ, कञ्चनपुरका ५ जना, डडेल्धुरा र बझाङ २/२ जना, बैतडी, अछाम र दार्चुलाका १/१ जनाको मृत्यु भएको हो । योसँगै प्रदेशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन सय ५४ पुगेको छ ।

डिजिटल स्वास्थ्य सुधारमा नेपाल प्रतिबद्ध छः मन्त्री पौडेल

थाइल्याण्डमा क्रियाशील नेपाली स्वास्थ्यकर्मीसँग मन्त्री पौडेलद्वारा सुझाव संकलन

दुर्गम क्षेत्र खोक्सिकमा स्वास्थ्यचौकी भवन निर्माण

पोखराको सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमा सेवाग्राहीको चाप

लुम्बिनीका पाँच जिल्लामा पोषण विशेष कार्यक्रम सञ्चालन गरिने

घरमा नै बसेर फाेहाेर कानकाे सहज उपचार विधि जान्नुहाेस्
सीमा नाकामा कोरोनाको जोखिम कायमै

प्रतिक्रिया