कर्मचारीलाई कोभिड भएपछि ओखलढुङ्गाका बैंक बन्द

ओखलढुंगा : ओखलढुङ्गाका बैंक तथा वित्तिय संस्थाहरू एक साताका लागि बन्द भएका छन् । बैंकमा कार्यरत कर्मचारीमा कोभिड सङ्क्रमण पुष्टि भएपछि तत्कालका लागि बैंक तथा वित्तिय संस्थाको सेवा बन्द गरिएको हो ।
जिल्लामा सञ्चालित विभिन्न बैंकका कर्मचारीमा सङ्क्रमण पुष्टि भएकोले सङ्क्रमण थप समुदायमा फैलन नदिन जेठ ३ गतेदेखि आगामी जेठ ९ गते सम्मका लागि सबै बैंकका सेवा बन्द गर्न निर्देशन दिईएको प्रमुख जिल्ला अधिकारी बन्दना राईले बताए ।
बैंकमा सेवाग्राहीको चाप बढी हुने र पैसाको नोट कारोबारबाट समेत जोखिम बढ्ने भएकाले कोभिड सङ्क्रमण नियन्त्रणका लागि बैंकहरु बन्द गरिएको उनको भनाइ छ ।
जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र ओखलढुङ्गाको आईतबार बसेको आकस्मिक बैठकले अत्यावश्यक कामका लागि मात्र सम्पर्क व्यक्ति र सम्पर्क नम्बर कार्यालयको सूचना जारी गरी अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्न निर्णय गरेको थियो ।
बैठकको निर्णयअनुसार तत्काल बैंकिङ सेवा बन्द गर्न जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाले जिल्लाका सबै बैंक तथा वित्तिय संस्थालाई निर्देशन दिएर पत्राचार गरेको छ ।
जिल्ला सदरमुकामको सिभिल बैक र मोेलुङ गाउँपालिकाको प्राप्चामा रहेका मुक्तिनाथ बैंकका कर्मचारीमा कोभिड सङ्क्रमण पुष्टि भएको छ । कोभिड सङ्क्रमण पुष्टि भएका बैंकका कर्मचारी आइसोलेशनमा छन् । बैंकहरु बन्द भए पनि जिल्लामा बैंकका एटिम सेवा भने सञ्चालनमा रहने जनाईएको छ । रासस

फ्रान्सेली पर्वतारोही हर्जोगले अन्नपूर्ण प्रथम हिमाल आरोहण गरेको ७५ वर्ष पुगेको …

प्रधानमन्त्री कप भलिवल प्रतियोगितामा शिवम् सिमेन्ट ‘स्ट्रेन्थ पार्टनर’ को रूपमा सह…

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

नेपाल एयरलाइन्सका ट्वीनअटर विमान पुन: नियमित उडानमा

भरतपुरमा नयाँ क्रेटा इभी सार्वजनिक

सुनको मूल्य घट्यो

गाजा दहमा थपिए पर्यटकीय पूर्वाधार

प्रतिक्रिया