बुधबार ३१ बैशाख, २०८२
Wednesday, May 14, 2025

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ  : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल/मट्टितेल तथा हवाई इन्धन (आन्तरिक उडान) मा २/२ रुपैयाँ बढाएको हो । 

यस मूल्य समायोजनपछि पनि निगमलाई पेट्रोलमा प्रति लिटर ८.५६ रुपैयाँ, डिजेलमा प्रति लिटर ४.४६ रुपैयाँ तथा एल.पी.ग्याँसमा प्रति सिलिण्डर ३७५.१३ रुपैयाँ घाटा भई समान्य बिक्रिको अवस्थामा पाक्षिक रूपमा करिब ११० करोड रुपैयाँ घाटा हुने देखिन्छ । जस मध्ये एल.पी.ग्याँसको कारोबारबाट मात्र निगमलाई पाक्षिक ५४ करोड रुपैयाँ घाटा रहेको निगमले बताउँदै आएको छ। सो घाटा रकम मूल्य स्थिरिकरण कोष तथा निगमको संचित नाफाबाट व्यवस्थापन गरिनेछ ।

मूल्य बढेसँगै पेट्राेल प्रतिलिटर १२३ रूपैयाँ, डिजेल १०६ रूपैयाँ, मट्टितेल ७८ रूपैयाँ र एलपी ग्यासकाे मूल्य भने अहिले बढाइएकाे छैन ।