प्रदेशको लोकसेवा परीक्षामा नक्कली परीक्षार्थी पक्राउ

पोखरा- गण्डकी प्रदेशको लोकसेवा आयोगले लिएको परीक्षामा नक्कली परीक्षार्थी पक्राउ परेका छन् । प्रदेश लोकसेवाले खुलाएको विज्ञापनको परीक्षा अर्कैको नामबाट दिने दुई जना नक्कली परीक्षार्थी पक्राउ परेका हुन् ।
पक्राउ पर्ने दुवै जना जुम्लाका हुन् । पक्राउ पर्नेमध्ये जुम्लाको चन्दननाथ नगरपालिका वडा नं. ९ वलयकाटियाका १८ वर्षे बालक र जुम्लाकै सिन्जा गाउँपालिका वडा नं. ३ लुमका २५ वर्षीय पदम बुढा रहेको कास्की प्रहरी प्रवक्ता श्रवणकुमार विकले जानकारी दिए । उनीहरूले अर्कै परीक्षार्थीको सक्कली नागरिकतामा आफ्नो तस्बिर टाँसेर लोकसेवाले खुलाएको विज्ञापन अन्तर्गत मंगलबार दौड, रुख चढ्ने, पौडी (शारीरिक तन्दुरुस्ती) मा भाग लिएका थिए ।
प्रदेश लोकसेवा आयोगको कार्यालयले गरेको विज्ञापन नं. १४५–१५३/०७९/८० अन्तर्गत (खुला तथा समावेशी) प्रदेश वन, सेवा, जनरल फरेष्ट्रि समूह सहायक तेश्रो, वन रक्षक पदको शारीरिक तन्दुरुस्ती परीक्षणमा अर्कैको नामबाट परीक्षणमा सहभागी भइरहेको अवस्थामा दुई जनालाई पक्राउ गरिएको प्रहरी प्रवक्ता विक बताए ।
प्रहरीका अनुसार दुवैलाई शिक्षा ऐन सम्बन्धी मुद्दामा पाँच दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ ।
कालीगण्डकीको कटान रोकथाम गर्न तटबन्धन
फेवातालको सीमाङ्कनपछि पोल गाड्ने काम सकियो

कर्तव्य गरी फरार प्रतिवादी २९ वर्षपछि पक्राउ

पुनर्निर्माण गरिँदै ऐतिहासिक बरेटार शिवमन्दिर

चन्दा सङ्कलन गरी २७ किलोमिटर पदमार्ग निर्माण

९ किलोमिटर सडक कालोपत्र

प्रतिक्रिया