सुर्खेतमा १० वर्षेयताकै उच्च तापक्रम

सुर्खेत- एक सातायता सुर्खेतमा तापक्रम ह्वात्तै बढेको छ । बढ्दो गर्मीसँगै यहाँको जनजीवन कष्टकर बनेको छ ।
अघिल्ला वर्षहरूमा खडेरीको समयमा २८ देखि ३० डिग्री औषत तापमान पुग्ने सुर्खेतमा यसपटक ३९ दशमलव चार डिग्री सेल्सियस तापक्रम मापन भएको रेकर्ड छ । यो १० वर्ष यताकै उच्च तापक्रम वृद्धि हो । जेठ १६ गतेदेखि बढ्न थालेको तापक्रम पछिल्लो साता यता भने ह्वात्तै बढेको छ ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार वीरेन्द्रनगरको तापक्रम ३९ दशमलव चार डिग्री सेल्सियस मापन भएको छ । वीरेन्द्रनगरमा मापन भएको यो तापमान हालसम्मको दोस्रो रेकर्ड हो । २०६९ जेठ ३२ गते वीरेन्द्रनगरमा अहिलेसम्मकै उच्चतम तापक्रम ४२ दशमलव ८ डिग्री सेल्सियस मापन भएको थियो ।
पछिल्लो समय गर्मी ह्वात्तै बढ्न थालेपछि वीरेन्द्रनगरको जनजीवन प्रभावित बनेको छ । दिउँसोको समयमा हुने प्रचण्ड गर्मीका कारण चल्ने तातो हावाले स्वास्थ्यमा प्रत्यक्ष असरसमेत पारिरहेको छ । जलवायु परिवर्तनका कारण सुर्खेतमा बर्सेनि विभिन्न प्राकृतिक प्रकोपको जोखिममा पर्ने गरेको छ ।
बढ्दो गर्मीसँगै अनियमिति रूपमा विद्युत् आपूर्ति बन्द हुँदा जनजीवन थप कष्टकर बनेको छ । सुख्खायामसँगै खानेपानीको समेत समस्या झेल्नुपरेको विरेन्द्रनगरका बासिन्दाहरूको गुनासो छ । माग अनुसारको बिजुली आपूर्ति नहुँदा रातको समयमा पनि सहज सुत्न सकिने अवस्थासमेत वीरेन्द्रनगरमा छैन ।
गर्मी बढेसँगै वीरेन्द्रनगरका शैक्षिक संस्थाहरू बन्द भएका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार यो क्रम अझै केही दिन लम्बिने देखिएको छ । विभागले यस्तो अवस्थामा आगामी केही दिनसम्म देशभरिको तापक्रमको अवस्था तथा विश्लेषणअनुसार तराईका धेरैजसो भू–भागमा अधिकतम र न्यूनतम तापक्रम क्रमिक रूपमा बढ्ने देखिन्छ ।

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु
मुद्दा मिलाइदिन्छु भन्दै रकम असुली गरेको कसुरमा दुई पक्राउ

जुम्लाको राक्से पाटनमा १३ भेडा पुरिए

माटोको ढिस्को खस्दा एकको मृत्यु, पाँच घाइते

जुम्लामा ट्रयाक्टर दुर्घटना : एक जनाको मृत्यु, चार घाइते

हुम्लाको उनापानीमा आगलागीबाट आठ घर नष्ट

विद्युत् पहुँच नभएका डोल्पाका पाँच पालिकामा सोलार वितरण

प्रतिक्रिया