४० कराेड खर्चेर एकल लगानीमा रुपन्देहीमा अन्तर्राष्ट्रिय क्रिकेट मैदान बन्दै
अस्ट्रेलियामा व्यवसाय गर्ने गुल्मीका कुँवरको अनौठो क्रिकेट प्रेम

बुटवल । ईन्जिनियरिङ विषयको परीक्षा छोडेर क्रिकेट हेर्न जाने बिनोद कुँवरलाई धेरैले पागल भनेर टिप्पणी गर्थे । नेपालको अन्तराष्ट्रिय प्रतियोगिता हेर्नका लागि उनले आफ्नो भविष्य नै दाउमा राखेर मैदानमा पुग्दथे ।
उनको यो पागलपनले अहिले एउटा आकार दिन लागेको छ । उनी क्रिकेट प्रतिको त्यही पागलपनकै कारण रुपन्देहीमा एकल लगानीमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान निर्माणमा जुटेका छन् । एकल लगानीमा बन्न लागेको एक्स्ट्राटेक अन्तर्राष्ट्रिय क्रिकेट मैदानको सोमबार शिलान्यास गरिएको छ । गुल्मी जन्मथलो रहेका कुँवरले यसमा सबै लगानी (४० करोड रुपियाँ) एक्लै लगानी गर्ने छन् ।
अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान बनाउने योजना अनुरुप सोमबार तिलोत्तमा नगरपालिका १७ दरखसवामा ‘एक्स्ट्राटेक ओभल क्रिकेट मैदान’को शिलान्यास गरिएको हो । सो मैदानको एक समारोहका बीच तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाण, उपप्रमुख जागेश्वर देव चौधरी, सिद्धार्थ नगरपालिकाका उपप्रमुख उमा अधिकारी, नेपाल क्रिकेट संघ (क्यान) का पूर्व सचिव प्रशान्तविक्रम मल्ल, नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व खेलाडी शक्ति गौचन लगायतले संयुक्त रुपमा शिलान्यास गरे ।
पौने ५ बिघा जग्गा किनेर मैदान निर्माणको प्रक्रिया अगाडि बढाइएकोमा थप जग्गा खरिदको प्रक्रिया जारी रहेको एक्स्ट्राटेक ओभल प्रालिका निर्देशक कुँवरले बताए । धेरैले अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाउने भन्दा उनलाई फेरि पनि पागलपनकै उपमा आएको छ । उनले भने –हिजो परीक्षा छोडेर क्रिकेट हेर्न जांदा पागल भन्ने हरु त थिए नै अहिले अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाउँछु भनेर भन्दा पनि केही मान्छेहरुले पागलै भनेका छन् ।
'त्यसैले मैले धेरै प्रचार नगरी काम अघि बढाएको छु ।' उनले थपे –'समाजमा केही गर्छु भन्नेलाई हाैसला दिनुको सट्टा नकारात्मक टिप्पणी र आलोचनाहरु बढी आउने गरेको छ । तर मैले त्यस्ता कुरालाई ध्यानै नदिएर लक्ष्य प्राप्तिमा लागेको छुु । क्रिकेटको अति नै मोह भएका कारण यहाँ यो प्रोजेक्ट बनाउने योजना बनाएँ दुई वर्ष अघिदेखि जग्गा खरिद प्रक्रिया थालेर, आठ दिनदेखि मैदान सम्माउने काम भएको हो, यसलाइ साकार रुप दिन सबैको साथ आवश्यक छ ।'
उनले भने –‘मैले तीनवटा प्रोजेक्ट गर्ने हो, पहिलो खेल मैदान, दोश्रो हस्पिटल र तेश्रो आइटी कलेज । स्थानीय स्रोत साधनलाई प्रयोग गर्ने र रोजगारी र अवसर स्थानीयलाइ दिइने र सरकारको सहयोगी बन्ने काम गर्छु उनले थपे । मैदानलाइ हरेक बर्ष बिकास गरिदै लगिने र पाँच वर्षभित्रमा २५ हजार दर्शक क्षमताको बनाउने लक्ष्म रहेको छ । क्रिकेट मैदानमा होस्टलसहितको पाँचतले एकेडेमी र ट्रेनिङ सेन्टर समेत बनाइने प्रोजेक्ट डाइरेक्टर सुदिक्षा कुँवरको भनाइ छ ।
पूर्व खेलाडी शक्ति गौचन एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको ब्रान्ड एम्बेस्डर समेत रहेकाले मैदानको काम निरीक्षण गर्ने,आवश्यक प्रबन्ध गर्ने ,एकेडेमी र ट्रेनिङ सेन्टर हेर्ने जिम्मेबारीमा रहेका छन् । त्यसैगरि माधव पाठकलाइ (क्युरेटर) मैदान सम्याउने गरि ब्यबस्थापन गर्ने जिम्मा दिइएको छ । पाठक अवुधाबीको शेख जायेद अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा क्युरेटरको भूमिकामा थिए । तिलोत्तमा नगर प्रमुख रामकृष्ण खाणले तिलोत्तमालाइ छनौट गरेर रंगशाला बनाउने काम थालेकोमा कुँवरलाइ धन्यबाद दिए ।
उनले स्थानीय सरकारको तर्फबाट आवश्यक सहयोग र सहकार्य रहिरहने उल्लेख गरे । ‘यो हामी सबैको साझा सम्पत्ति र गहना हो, यसको संरक्षण तथा संचालनका लागि सबैले साथ दिनैपर्छ । ’खाँणले भने । सो क्षेत्रमा क्रिकेट मैदान बन्ने भएपछि स्थानीय निकै हौसिएका छन् ।

समूहबाट आर्थिक समृद्धि खोज्दै दाङका महिला

चार सय वर्ष पुरानो सिवालय ओझेलमा

पहलगाम घटना : भैरहवामा शोकसभा र दीप प्रज्वलन

लुम्बिनीमा एक महिनामा ४०२ दुर्घटना, ३६ जनाको मृत्यु
लुम्बिनी कप महिला फुटबल : उपाधिका लागि विभागीय टोली भिड्दै

बस दुर्घटनामा दुई जनाको मृत्यु

शुद्धोधन गाउँपालिकाका अध्यक्ष चौधरी लक्षित गोली प्रहार

प्रतिक्रिया