गाउँमा पनि चाहियो पीसीआर परीक्षण : कांग्रेस नेता खतिवडा

काठमाडौँ : कांग्रेस नेता रामहरि खतिवडाले ओखलढुङ्गा, सोलुखुम्बु, खोटाङ जस्ता पहाडी जिल्लाका स्थानीय पीसीआर परीक्षण गर्नकै लागि धरान, विराटनगर र काठमाडौँ जानुपरेको बताएका छन् । ‘३० जना परीक्षण गर्दा १५ जनामा कोभिड देखिने अवस्था छ,’ उनले भने, ‘गाउँमा मानिसहरू बिरामी भएर सुत्न थालेका छन् । तर, एन्टीजेट र पीसीआर परीक्षण गर्ने किट छैन ।’
कोभिड-१९ को यस्तो बित्यास लाग्दो अवस्थामा ओखलढुङ्गाका जनस्वास्थ्य प्रमुखसँग सवारी साधन नहुँदा निकै अप्ठयारो परेको उनले बताए । ‘त्यहाँका जनशक्तिलाई स्वास्थ्य सामग्री छिटोभन्दा छिटो उपलब्ध गराइदिनुपर्यो,’ उनले भने, ‘पीपीई, मास्क, स्यानिटाइजर केही पनि छैन भन्ने गुनासा आएका छन् ।’
गाउँमा बिहे, भोज र ओल्लो घर पल्लोघर भन्दै गर्दा संक्रमितको संख्या बढिरहेको उनले बताए । ‘बिहे भोज भनेर अहिले गाउँमा घरघरै कोरोना पुगिसक्यो,’ उनले भने, ‘उनीहरू बिरामी भए भने सहरमा लैजाने अवस्था पनि छैन, न गाउँमा नै राम्रो अस्पताल छ ।’
त्यस्तै, तीन महिना पहिले लगाएको पहिलो डोज खोपको समेत दोस्रो डोज खोप अहिलेसम्म नपुगेको गुनासो उनले गरेका छन् । ‘पहाडी जिल्लामा तीन महिना भइसक्यो खोप लगाएको, अहिलेसम्म खोप गएन,’ उनले भने, ‘यसतर्फ सरकारको ध्यान जानु जरुरी छ ।’ उनले यस खतिवडाले यो देखिएको विकराल समस्याबारे स्वास्थ्य सचिव लगायतसँग पहल गरेकाे बताए ।

प्रतिनिधिसभाको बैठक बस्दै

हुलाक सेवालाई आधुनिकीकरण गर्नु आवश्यकः सञ्चारमन्त्री गुरुङ

पूर्वाग्रह राखेर भ्रष्टाचारको मुद्दा दर्ता गरे : पूर्वप्रधानमन्त्री नेपाल

वायु प्रदूषण घटाउन साइकलको प्रयोग बढाउनुपर्छ : खानेपानीमन्त्री यादव

परराष्ट्रमन्त्री राणाको आग्रहः जनताको खाँचोका सेवामा संवेदनशील हुनु

वर्षायाममा चनाखो र सुरक्षित हुन प्रधानमन्त्री ओलीको आग्रह

समृद्ध समाज निर्माणमा बकर ईद पर्वले प्रेरणा दिइरहोस् : प्रधानमन्त्री ओली

प्रतिक्रिया