प्यूठान कार दुर्घटना : सात जनाको सनाखत, एकको हुन सकेन

लुम्बिनी- प्यूठानको स्वर्गद्वारी मन्दिरको दर्शन गरेर फर्किँदै गर्दा आठ जनाको ज्यान गएको छ । स्वर्गद्वारी दर्शन गरी फर्कने क्रममा लु१च ६३४५ नंको कार दुर्घटना हुँदा सो कारमा सवार यात्रीहरूको मृत्यु भएको हो । स्वर्गद्वारी नगरपालिका–४ भिङ्ग्री बजार नजिकै टाकुरा भन्ने स्थानमा आज अपराह्न २ः४५ बजे सो कार दुर्घटना भएको थियो ।
कार स्वर्गद्वारी–भिङ्ग्री सडक खण्डको टाकुरा भन्ने स्थानबाट झन्डै ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायव उपरीक्षक सुवास खड्काले जानकारी दिए । उनका अनुसार दुर्घटनामा मृत्यु भएका मध्ये सातजनाको सनाखत भएको र एक जनाको सनाखत हुन सकेको छैन ।
दुर्घटनामा मृत्यु भएका मध्ये दाङ जिल्ला तुल्सीपुर उपमहानगरपालिका–१५ कोठरी बस्ने ३५ वर्षीया सरिता शर्मा पोखरेल, निजको १४ वर्षीय छोरा विशाल पोख्रेल र ९ वर्षीय छोरा विकास पोख्रेल रहेका छन् । यस्तै, दाङ लमही नगरपालिका–७ गढवाका ४० वर्षीय गोविन्द शाह, उनकी श्रीमती ३० वर्षीया राधा नेपाली र उनका छोरा ९ वर्षीय आदित्य शाह रहेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।
कारका चालक दाङ लमही नगरपालिका–४ का ४९ वर्षीय ताराबहादुर कुमालको पनि सनाखत भएको र अन्यको एक जनाको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख खड्काले बताए ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया