इप्पान निर्वाचन : कार्की समूहको टीम घोषणा, कसको उम्मेदवारी कुन पदमा ?

काठमाडौँ- स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को आउँदो जेठ ३२ गते हुने निर्वाचनमा अध्यक्षका प्रत्यासी गणेश कार्कीको समूहका उम्मेदवारहरूको घोषणा भएको छ । सोमबार होटल अरन्यामा कार्की समूहले उम्मेदवारहरूको घोषणा गरेको छ ।
कार्की समूहको वरिष्ठ उपाध्यक्षको उम्मेदवारमा मोहनकुमार डाँगी, उपाध्यक्षको उम्मेदवारमा आशिष गर्ग, उपाध्यक्षको उम्मेदवारमा भरतबहादुर खत्री, उपाध्यक्षको उम्मेदवारमा रामप्रसाद आचार्य उपाध्यक्षको उम्मेदवारमा आनन्द चौधरी, उपाध्यक्षको उम्मेदवारमा उत्तम ब्लोन लामा र महासचिव उम्मेदवार बलराम खतिवडा रहेको टीम सार्वजनिक गरिएको छ ।
त्यसैगरी उपमहासचिव पदको उम्मेदवारमा प्रकाश चन्द दुलाल, सचिव पदको उम्मेदवारमा भरत खड्का, विक्रम विष्ट, कविता पोखरेल र भरत नेपाल उम्मेदवार छन् । त्यस्तै कोषाध्यक्ष पदको उम्मेदवारमा नरेन्द्र बल्लभ पन्त रहेका छन् ।
अर्का अध्यक्षका दाबेदार किरण मल्लले पनि टीम सार्वजनिक गरिसकेका छन् ।

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा

भारतबाट विद्युत् आयातको समय थप चार घण्टा बढाइयो

राहुघाट जलविद्युत् आयोजना सकियो, परीक्षण उत्पादन हुँदै

विद्युतीय दुर्घटनाबाट मृत्यु हुनेका परिवारलाई १० लाखसम्म राहत दिइने

बौदीकालीमा बल्ल पुग्यो बिजुली

ऊर्जा मन्त्रालयको हटलाइन : एक महिनामा १९ सय उजुरी
_7ALsX0Sr8x_xvalc0txdefm34rcrxbzzplqhq3cnfzupilh6h4yxisyyat3jsfpnejx5hwa_aKoM3baJl1_wjm9ri0vhnrwcshmpabdbat0ltcd6q0aeob1s1llhbiscuwztw87sriswdhi.jpg)
भारतको सहयोगमा निर्माण हुने १० परियोजनाको समझदारी पत्रमा हस्ताक्षर

प्रतिक्रिया