यी युरोपेली क्लब जसले ‘ट्रेबल’ अर्थात मुख्य तीन उपाधि जिते

काठमाडौँ- इन्टरनेसनल ओलिम्पक कमिटीले जनाएअनुसार फुटबलमा ‘ट्रेबल’ भन्नाले एउटै सिजनमा तीन मुख्य उपाधिहरु जित्नु हो । यसमा खासगरी, घरेलु लिग, घरेलु कप तथा महाद्विपकै उपाधि जित्नु हो ।
तर ट्रेबल विशेषगरी युरोपियन फुटबलमा बढी प्रयोग हुन शब्द हो । यो भनेको घरेलु लिग, घरेलु कप तथा युईएफए च्याम्पियन्स लिगको उपाधि जित्नु हो ।
ट्रेबल पूरा गर्नु निकै कठिन उपलब्धि हो र अहिलेसम्म केवल ८ युरोपेली क्लबहरुले यो उपलब्धि हासिल गरेका छन् । इंग्लिस क्लब म्यानचेस्टर सिटीले २०२२-२३ को सिजनमा ट्रेबल पूरा गरेको छ ।
स्कटल्यान्डको सेल्टिक ट्रेबल पूरा गर्ने पहिलो युरोपेली क्लब हो । उसले सन् १९६६-६७ मा यो कीर्तिमान कायम गरेको थियो ।
स्पेनिस क्लब बार्सिलोना र जर्मन क्लब वायर्न म्युनिखले मात्र हालसम्म दुई पटक ट्रेबल पूरा गरेको इतिहास छ । त्यसबाहेक सेल्टिक, नेदरल्यान्ड्सको अयाक्स, नेदरल्यान्ड्सकै पीएसभी एन्डहोभेन, इंग्लिस क्लबहरु म्यानचेस्टर युनाइटेड र म्यानचेस्टर सिटी तथा इटालियन क्लब इन्टर मिलानले एक पटक ट्रेबल पूरा गरेका छन् ।
पुरुषको फुटबलमा दुई पटक ट्रेबल पूरा गर्ने पेप गुआर्डियोला पहिलो मुख्य प्रशिक्षक हुन् । उनले सन् २००८-०९ मा बार्सिलोना तथा यस सिजनमा म्यानचेस्टर सिटीका लागि ट्रेबल पूरा गरेका हुन् ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया