आइतबार १५ असार, २०८२
Sunday, June 29, 2025

सुदूरपश्चिममा बन्दको प्रभाव, मन्त्रीका गाडीमा ढुंगा हान्ने पाँच जना पक्राउ

कैलाली । कैलालीस्थित गेटामा विश्वविद्यालय सञ्चालनको माग गर्दै आज गरिएको सुदूरपश्चिम बन्दको प्रभाव परेको छ । 

गेटामा सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको माग गर्दै आइतबार सुदूरपश्चिममा आमहड्तालको घोषणा गरिएको छ। स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिका संयोजक लोकराज पाण्डेयले आजको बन्दमा सबैले समर्थन जनाइदिन आग्रह समेत गरेका छन ।

यसैबीच बन्दकर्ताहरुले पार्कमोडमा मन्त्रीको गाडीमा ढुङ्गा हानेका छन् । प्रहरीले ढुंगा हानेको भन्दै ५ जना बन्दकर्ता लाई प्रदेश सभा भवन बाहिरबाट पक्राउ गरेको छ ।