कर्णाली सरकारविरुद्ध उच्च अदालतमा रिट

सुर्खेत : कोभिड माहामारीको समयमा प्रभावकारी भूमिका खेल्न नसकेको भन्दै अधिवक्ता गणेश वलीले कर्णाली सरकारविरूद्ध उच्च अदालत सुर्खेतमा रिट दायर गरेका छन् । अधिवक्ता वलीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र कर्णाली प्रदेश अस्पताललाई विपक्षी बनाएर आइतबार रिट दायर गरेका हुन् ।
कोभिड संक्रमणको दोस्रो भेरियन्ट समुदायस्तरमा फैलिएसँगै कर्णालीमा मृत्यु दर उच्च देखिएको अवस्थामा पनि प्रदेश सरकार र प्रदेश अस्पतालले संक्रमण रोकथाममा लापर्वाही गरेकाले रिट दर्ता गराएको अधिवक्ता वलीले बताए ।
आइतबार दायर रिटमा नेपालको संविधानविपरित नागरिकको स्वास्थ्यमा खेलबाड गरिएको उल्लेख छ । नेपालको संविधानको मौलिक हकअन्तर्गत धारा ३५ मा व्यवस्था गरिएको स्वास्थ्यसम्बन्धी हकलाई आधार बनाएर रिट दर्ता गरेको वलीले बताए ।
त्यसैगरी जनस्वास्थ्य सेवा ऐन २०७५ को दफा ३ मा पनि संक्रामक रोगहरुको निशुल्क उपचार गर्ने व्यवस्था गरिएको छ । यस्ता संक्रामक रोगहरुको राज्यले नि:शुल्क उपचार गर्ने दायित्व भएता पनि कर्णाली सरकार पन्छिन खोजेको अधिवक्ता वलीको भनाइ छ ।
‘कोभिड १९ को रोकथाम, नियन्त्रण र व्यवस्थापनका लागि प्रदेश सरकार र प्रदेश अस्पतालको लाचारीपन र गैरजिम्मेवारीपूर्ण कार्य हो,' वलीले भने, ‘मुख्यमन्त्री तथा मन्त्रिपरिषद्काे कार्यालय, कर्णाली प्रदेश अस्पताललाई विपक्षी बनाई रिट दर्ता गरेको छु ।’

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु
मुद्दा मिलाइदिन्छु भन्दै रकम असुली गरेको कसुरमा दुई पक्राउ

जुम्लाको राक्से पाटनमा १३ भेडा पुरिए

माटोको ढिस्को खस्दा एकको मृत्यु, पाँच घाइते

जुम्लामा ट्रयाक्टर दुर्घटना : एक जनाको मृत्यु, चार घाइते

हुम्लाको उनापानीमा आगलागीबाट आठ घर नष्ट

विद्युत् पहुँच नभएका डोल्पाका पाँच पालिकामा सोलार वितरण

प्रतिक्रिया