कोभिड-१९ बाट मृत्यु हुने दुई लाख ५० हजार नाघेपछि न्यूयोर्कका विद्यालय बन्द

अमेरिकामा कोभिड-१९ संक्रमित दुई लाख ५० हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । कोभिड-१९ संक्रमणमा पुनः वृध्दि देखिएकपछि अमेरिकी शहर न्यूयोर्कस्थित विद्यालयहरू बन्द गरिएको छ । अमेरिकामा बिहीबारसम्म दुई लाख ५० हजार ४ सय २६ जनाको मृत्यु भएको छ । बुधबारमात्रै एक लाख ५७ हजार ९ सय संक्रमित भएका जोन हकिन्स विश्वविद्यालयले बताएको छ ।
अमेरिकी राज्यहरू र शहरले संकेरमण दरमा नियन्त्रण नआएपछि नियन्त्रणका पूराना तथा नयाँ उपायलाई अभ्यासमा ल्याउने बताएका छन् । न्यूयोर्कका नगरप्रमुख बिल डे ब्लासियोले संक्रमितको सङ्ख्या पुनः बढ्न थालेपछि शहरमा रहेका करिब एक हजार ८ सय विद्यालयहरूलाई बन्द गरिएको जनाएका छन् । ती विद्यालयहरूले दूर शिक्षालाई बिहीबार देखि नै अभ्यासमा ल्याएका छन् । नगर प्रमुख ब्लासियोले भने, “हामीले कोभिड–१९ को दोस्रो लहरविरुद्ध लड्न जरुरी भएको छ ।”
अमेरिकी औषधि कम्पनी पिफाइजरले विकास गरेको खोपले ९४ प्रतिशत विरामीमा सकारात्मक नतिजा दिएको भन्ने खबरबाट आशावादी बनेका अमेरिकीहरू अमेरिकाको सबैभन्दा बढी जनघनत्व रहेको न्यूयोर्क शहरमा नियन्त्रणका लागि विद्यालय बन्द गर्ने नीतिपछि थप सशकित बनेका छन् ।(रासस)

भारत र पाकिस्तानलाई संयमित हुन संयुक्त राष्ट्रसङ्घका प्रमुखको आग्रह

ट्रम्प भन्छन्- गाजामा हमासद्वारा बन्धक बनाइएका २१ जना मात्रै जीवित रहेको विश्वास…

इजरायलद्दारा गाजाको ७० प्रतिशत भु भाग ‘नो गो जोन’ घोषणा, २० लाख प्यालेस्टाइन…

जापानलाई पछि पार्दै भारत बन्यो विश्वको चौथौं ठुलो अर्थतन्त्र, १० बर्षमा नै दोब्बर

भारतद्वारा पाकिस्तानमाथि सैन्य कारबाही सुरु , तनाव चुलियो

नयाँ पोप चयनका लागि कार्डिनल सम्मेलन, दुई बिरामी भए पछि १३३ प्रतिनिधि सहभागी

युरोपेली संघले अन्तिम रूसी ग्यास आपूर्ति कटौती गर्ने योजना बनाउने

प्रतिक्रिया