वीरेन्द्रनगरका सबै विद्यालय असार १ सम्म बन्द

सुर्खेत- आगामी असार १ गतेसम्मका लागि सुर्खेतको वीरेन्द्रनगरका सबै विद्यालयमा पठनपाठन बन्द हुने भएको छ । हिजो (शुक्रबार) विद्यालयहरूलाई पत्राचार गर्दै वीरेन्द्रनगर नगरपालिकाले असार १ गतेसम्मलाई सबै सरकारी तथा निजी विद्यालयलहरूबन्द गर्न निर्देशन दिएको हाे ।
अत्यधिक गर्मीका कारण बालबालिकाको स्वास्थ्य अवस्थामा समस्या सिर्जना हुन सक्ने जोखिम बढेको र शिक्षण सिकाइ वातावरण अनुकूल नभएको भन्दै वर्षे बिदाबाट कट्टी हुने गरी आवश्यकताका आधारमा विद्यालय बन्द गर्न निर्देशन दिइएको छ । वीरेन्द्रनगरका निजी विद्यालयहरूले यसअघि नै विद्यालय बन्द गरिसकेका छन् ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन, नेपाल ‘प्याब्सन’ ले २४ जेठदेखि ३१ जेठसम्मका लागि विद्यालय बन्द गरेका छन् ।

‘केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८२’ सम्पन्न

सफ्टवारिका कलेजमा टेक एक्स: एलिभेट २०२५ को तेस्रो संस्करण हुँदै

आगामी आर्थिक वर्षका लागि त्रिविको २८ अर्ब बजेट पारित

चार दशकदेखि शैक्षिक क्षेत्रमा अग्रणीः लिटिल एन्जल्स स्कूलको वातावरणमैत्री र प्रवि…

पोखरा विश्वविद्यालयको डेढ अर्बको बजेट एवं नीति कार्यक्रम पारित

त्रिभुवन विश्वबिधालयको कुलपतिमा अर्याल नियुक्त

त्रिविको उपकुुलपतिमा तीन जनाको नाम सिफारिस

प्रतिक्रिया