इब्राहिमोभिचले युरो गुमाउने, स्विडेनलाई अलेक्जान्डर इसाकको भर

काठमाडौँ: स्विडिस स्ट्राइकर ज्लाटन इब्राहिमोभिचले आउँदो युरो गुमाउने भएका छन् । इब्राहिमोभिच गत साता एसी मिलान र युभेन्टसबीचको खेल दौरान घाइते भएका थिए । उनले अब कम्तिमा छ साता उपचारमा बिताउनेछन् ।
यसपटकको युरो आउँदो जुन र जुलाईमा आयोजना हुने तालिका छ । त्यस प्रतियोगतामा इब्राहिमोभिच नहुने स्विडेनको फुटबल संघले जानकारी शनिबार दियो । ‘इब्राहिमोभिचले युरो खेल्न सक्ने छैनन् । उनले यस विषयमा स्विेडनका प्रशिक्षक जेन एन्डर्सनलाई जानकारी दिइसकेका छन् । हामी इब्राहिमोभिचको स्वास्थ्य लाभको कामना गर्न चाहन्छौँ,’ स्विडिस फुटबल संघले भनेको छ ।
इब्राहिमोभिच गत मार्चमा मात्रै अन्तराष्ट्रिय फुटबलमा फर्केका थिए । सन् २०१६ मा राष्ट्रिय टिमबाट सन्यास लिएका ३९ वार्षिय स्ट्राइकरले आउँदो युरो खेल्ने मनसायले सन्यास फिर्ता लिएका थिए ।
इब्राहिमोभिचको अनुपस्थितीमा स्विडिस टोली मार्कस बेर्ग, अलेक्जान्डर इसाक, रुबिन क्युऐसन र डेजान कुलुसेभस्कीको भरमा हुनेछ । तीमध्ये पनि इसाकको भूमिका महत्वपूर्ण हुनेछ । हाल स्पेनी क्लब रियल सोसिडाडबाट खेलिरहेका इसाकले यस सिजन १४ गोल गरेका छन् ।
इसाकलाई सघाउने खेलाडीमा कुलुसेभस्की रहने सभावना छ । उनी हाल युभेन्टसमा छन् । युरोमा स्विडेन समूह ‘इ’ मा रहेको छ । स्विडेनले समूह चरणमा पोल्यान्ड, स्लोभाकिया र स्पेनको सामना गर्नेछ ।

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

नेपालको विजयी सुरुवात, भुटान ६-१ गोल अन्तरले पराजित

डेविस कपमा नेपालले भाग लिने

खेलाडी र प्रशिक्षक सम्मानित

पिएसजीलाई सफलतामाथि सफलता, रियललाई ४ गोल हान्दै पुग्यो क्लब विश्वकपको फाइनलमा

प्रतिक्रिया