नेपाली बजारमा पोको एक्स थ्री प्रो सार्वजनिक, कति पर्छ मूल्य

काठमाडौँ : इन्डस्ट्रि रिडिफाइनिङ्ग स्मार्टफोन ब्रान्ड पोकोले नेपाली बजारमा आइतबार पोको एक्स थ्री प्रो सार्वजनिक गरेको छ । पोको एफ १ को प्रोफर्मेन्स लेगेसीलाई ध्यानमा राखेर नयाँ स्मार्टफोन ल्याएको कम्पनीले जानकारी दिएको छ ।
शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भने, ‘पोकोमा हामी हाम्रो उपभोक्ताहरुको आवश्यकता अनुरुप उत्कृस्ट टेक्नोलोजीको वितरण गर्ने प्रयास गर्दैछौँ । हाम्रो पहिलो फोन,पोको एफ १ ले बजारमा सबैभन्दा लामो समय लोकप्रियता हासिल गर्ने स्मार्टफोन भएर आजको मितिसम्म पफर्मेन्स च्याम्पियन बन्न सफल भएको छ ।’
उनले थपे, ‘प्रदर्शन लेगेसीलाई अगाडि बढाउँदै र जनवादीकरणको विश्वास अनुरुप बजारमा हामीले हाम्रो प्रयोगकर्ताहरुलाई हाम्रो फ्ल्यागशिप सिरिजबाट पोको एक्स ३ प्रोको प्रस्तुत गरेका छौं । यो स्मार्टफोनको लन्चको साथ हामी अहिले सम्मकै सबैभन्दा शक्तिशाली स्मार्टफोनलाई नेपालमा नेपाली ४० हजार रुपैयाँमा भित्राउँदै छौँ ।’ यो फोनको मूल्य नेपाली बजारमा ६ जीबीसँगै १२८ जीबीको ३१ हजार नौ सय ९९ रुपैयाँ छ भने ८ जीबीसँगै २५६ जीबीको ३६ हजार नौ सय ९९ रुपैयाँमा उपलब्ध छ ।
फ्ल्यागशिप क्वालकम स्न्यापड्रागन ८६० द्वारा सञ्चालित, पोको एक्स ३ प्रो ले यस्तो सुविधाहरु अहिले सम्म यस खण्डमा पहिले कहिल्यै नदेखिएको उनले जानकारी दिए । गेमिङ्ग, फोटोग्राफी र उच्च प्रदर्शनको संयोजनले पोको एक्स ३ प्रो मा स्मुथ गेमिङ्ग एक्सपेरियन्सको लागि लिक्विडकुल प्लस टेक्नोलोजीको समावेश गरिएको छ र कहिल्यै नसक्किने एक्सपेरियन्सको लागि एमएमटी चार्जिङ्ग टेक्नोलोजीबाट निर्मित ठूलो ब्याट्री छ । उनले भने, ‘हामी यो स्मार्टफोनलाई भित्राउन पाउँदा निकै खुसी छौँ र हाम्रो प्रशंसकहरुको प्रतिक्रियाको प्रतिक्षा गर्नेछौँ ।'
पोको एफ १ को पावर र प्रोफर्मेन्सको लेगेसीमा निर्मित पोको एक्स३ प्रो फ्ल्यागशिप प्रोसेसर, स्न्यापड्रागन ८६० र चिपसेटको साथ लन्च हुने पहिलो उपकरण हो ।
स्मुथ र सिमलेस स्मार्टफोनको एक्सपेरियन्सलाई मात्र प्रदान नगरी प्रो–ग्रेड सुविधाहरु र प्रविधिको प्रदान गर्दै गेमरको लागि डिजाइन गरिएको छ ।
पोको एक्स ३ प्रोमा ४८ एमपी क्वाड क्यामेरा सेटअपमा कम्प्युटर भिजन इमेज सिग्नल प्रोसेसर, एफ/१.७९ एपर्चरका साथ ४८ एमपीको प्राइमरी सेन्सर, एफ÷२.२ एपर्चर र ११८ डिग्री एफओभीको साथ ८ एमपीको अल्ट्रा वाइड एंगल क्यामेरा, २ एमपीको म्याक्रो क्यामेरा र चित्रणको लागि डेप्थ सेन्सरहरु छन् जसले एक प्रभावशाली क्वाड क्यामेरा सेटअपलाई प्रस्तुत गर्दछ । भर्सटाइल क्यामेरा सेटअपमा २० एमपीको फ्रन्ट क्यामेरा छ ।
पोको एक्स ३ प्रो विशाल ५१६० एमएएच ब्याट्रीको साथमा आउँने कम्पनीले जानकारी दिए । यो एमएमटी टेक, एक स्प्लिट चार्ज टेक्नोलोजीको साथ आउँछ जसले छोटो अवधिमा पनि राम्रो चार्जको समय प्रदान गर्दछ र लामो रनको लागि ब्याट्री हेल्थ साइकललाई सुरक्षित राख्छ ।

एनसेलले अब ९७१ रेन्जको मोबाइल नम्बरहरू उपलब्ध गराउने

बोटले ‘निर्भाना’ सिरिजको साथ नेपालमा प्रिमियम अडियो अनुभव ल्याउँदै

एलजी नेपालले सुरु गर्यो 'इफेक्सनेट इन्टेलिजेन्स' नयाँ युगको सुरुवात

एलजी नेपालद्वारा ‘एफेक्सनेट इन्टेलिजेन्स’को प्रदर्शनी, भविष्यको सुरुवात अब नेपा…
_ILhKYfm3Q5_vdx5qewnnnkaufdezwfcyusym2ocfuxqoberjtgpbn4zh7tf6mfjzwcsphhl_mLUdsvgbGM_cmf8psktdve55iarbgwx1ia7pmr72uhjwcmerz1x6ppi81gtddwvljlawrdz.jpg)
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ‘सिप मेला २०८२’ मा संस्थागत साझेदार

इनड्राइभको 'प्लेटिनम ड्राइभर्स गिभअवे' क्याम्पेन चालकहरुलाई सुनौलो अवसर

एससीटी-यूपीआई कार्ड ग्राहकहरूलाई मौलाकाली केवलकारमा १० प्रतिशत छुट

प्रतिक्रिया