बुधबार ३१ बैशाख, २०८२
Wednesday, May 14, 2025

२९ जिल्ला न्यायाधीशका लागि जागिर खुल्यो

काठमाडौँ- जिल्ला न्यायाधीशका लागि जागिर खुलेको छ । न्याय सेवा आयोगले २९ जना जिल्ला न्यायाधीश नियुक्तिका लागि जागिर खुलाएको हो ।

आज एक विज्ञापन प्रकाशित गर्दै न्याय सेवा आयोगले आन्तरिक खुलाबाट १५ जना, खुलामा ७ जना, महिला २ जना, आदिवासी/जनजाती २ जना, मधेशी २ जना र दलित १ जना गरी २९ जनाका लागि दरखास्त आव्हान गरेको हो ।

विज्ञापन प्रकाशन भएको दिन आजदेखि ३० दिनभित्र दरखास्त दिन सकिने आयोगले जनाएको छ । भदौ १६ गतेदेखि भदौ २० गतेसम्म परीक्षा हुने पनि जारी सूचनामा उल्लेख छ । 

दरखास्तका लागि २ हजार परीक्षा दस्तुर तोकिएको छ भने समावेशी पदका लागि थप ५ सय तिर्नुपर्ने हुन्छ।