चोरी मुद्दाका फरार प्रतिवादी ३१ वर्षपछि पक्राउ

कञ्चनपुर - कञ्चनपुरमा घरको भित्ता फोडेर चोरी गरेर फरार रहेका एक जना ३१ वर्षपछि पक्राउ परेका छन् ।
जिल्लाको साविकको झलारी गा.बि.स–५ का भिमबहादुर ऐर बिहिबार पक्राउ परेका हुन् । उनलाई घरको भित्ता फोरेर चोरेको आरोपमा जिल्ला अदालत कञ्चनपुरले २०४९ मंसिर आठ गते २६ दिन कैद र छ हजार नौँ सय २९ रुपैँया जरिवाना तोकेको थियो । ऐरलाई जिल्लाबाट खटिएको प्रहरी टोलीले बिहिबार आफ्नै घरमा लुकीछिपी रहेको अवस्थामा पक्राउ गरेको हो ।
उनलाई कञ्चनपुर जिल्ला अदालतमा पेस गराई तोकिएको सजाय भुक्तानको लागी कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया