गरिब परिवारका लागि १० प्रतिशत शय्या नि:शुल्क गर्न निर्देशन

मकवानपुर- संघीय सरकारका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले बागमती प्रदेशको राजधानी हेटौंडामा रहेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छड्के अनुगमन गरेका छन् ।
मन्त्री बस्नेतले अस्पताल निरीक्षण गर्ने भएपछि प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशी पनि हतार हतार सहभागी भए । अस्पतालमा बेथिति बढेको बारे सामाजिक सञ्जालहरूमा टीकाटिप्पणी भइरहँदा समेत बेखबर झै बसेका प्रदेश मन्त्री जोशी बस्नेसँग भने अनुगमनमा सहभागी भए ।
गरिब परिवारका लागि १० प्रतिशत शय्या नि:शुल्क रुपमा प्रयोग गर्ने वातावरण तयार गर्न पनि मन्त्री बस्नेतले निर्देशन दिएका छन् ।
संघ र प्रदेशका दुवै जना मन्त्रीहरूले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित हेटौंडा अस्पतालको अनुगमन गरेपछि सकारात्मक निर्देशन प्राप्त भएको बताइएको छ । अस्पतालको आकस्मिक कक्ष, ओपीडी कक्ष, भर्ना भएका बिरामीहरूको अवस्था, अस्पतालको फार्मेसीलगायतका स्थानको दुवै जना मन्त्रीहरूले अनुगमन गरेका थिए ।
हेटौंडा अस्पतालमा परेको समस्या र आम सर्वसाधारणहरूलाई उपचारमा परेको समस्याका विषयमा दुवै मन्त्रीहरूले जानकारी लिए । अस्पतालमा उपचार गरिरहेका सर्वसाधारणका समस्या, गुनासाहरू सुन्नुका साथै अस्पताल प्रशासनले राखेको समस्याहरू समेत समाधान गर्न पहल गर्ने संघीय स्वास्थ्यमन्त्री बस्नेतले बताए ।
देशैभरी स्वास्थ्यकर्मीहरूको समस्या बढेको भन्दै हेटौंडा अस्पतालमा पनि त्यो समस्या रहेकाले यहाँ थप स्वास्थ्यकर्मी पठाउनका लागि पहल गर्ने बस्नेतले पत्रकारहरूसँगको प्रतिक्रियामा बताए ।
अहिलै पनि स्वास्थ्यकर्मीहरू सरकारी अस्पतालमा काम थोरै गर्ने र निजी क्लिनिकहरूमा धेरै समय बस्ने गरेको बताउँदै मन्त्री बस्नेतले भने, ‘पहुँचका आधारमा कर्मचारीहरू खटाएको ठाउँमा नजाने, कोही अस्पतालमा थुप्रिएर बस्नेत कोही अस्पतालमा स्वास्थ्यकर्मी नहुने समस्या धेरै छ । अब यस्तो हुन दिदैँनौं ।’
हेटौंडा अस्पतालका प्रमुख डाक्टर रामचन्द्र सापकोटाले हेटौंडा अस्पताल अहिले पनि सरकारी स्तरबाट ५० वटा शय्यामा मात्र सञ्चालनमा रहेको र प्रतिष्ठान अनि व्यवस्थापन समिति मार्फत भने अरु १५० थप गरेर सञ्चालन गरिएको बताए ।

सञ्चालनमा आएको चार दिनमै फेरि हेटौँडा सिमेन्टको उत्पादन बन्द, आर्थिक संकटले उ…

गोदावरीमा जैविक प्रविधिमार्फत पहिरो नियन्त्रण

निकुञ्जमा गैँडा हेर्ने समय

विधिको शासन बलियो बनाउन देशभर बहस अभियान चलाऔँः उपप्रमुख डंगोल

जाकाराण्डा फूलको संरक्षण गर्दै ललितपुर महानगर

तपाईंसँग थन्किएर बसेको ह्विलचियर छ ?

निकुञ्ज घुम्ने पर्यटकको सङ्ख्यामा कमी

प्रतिक्रिया