तुलसीपुरका विद्यालयमा पाँच दिन गर्मी बिदा

दाङ- गर्मी बढेसँगै दाङको तुलसीपुरका विद्यालय पाँच दिन बन्द हुने भएका छन् ।
जेठ २६ देखि ३० गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरिएको तुलसीपुर उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख चक्र भण्डारीले जानकारी दिए ।
गर्मी बढेका कारण बालबालिका बेहोस हुने र बिरामी हुने क्रम बढ्दै गएको गुनासोका आधारमा विद्यालय पाँच दिन बन्द गर्ने निर्णय गरिएको बताइएको छ ।
तुलसीपुरमा ८३ सामुदायिक र ६५ संस्थागत गरी कूल एक सय ४८ वटा विद्यालय रहेका छन् ।

बिदामा पनि पठनपाठन गर्न शिक्षा मन्त्रालयको अनुरोध

६८ वर्षको उमेरमा कक्षा १२ को परीक्षा दिँदै लालबहादुर

कक्षा १२ को परीक्षामा ७३ वर्षीया परीक्षार्थी पनि
कक्षा १२ को परीक्षा आजदेखि, सबै तयारी पूरा

खुले सामुदायिक विद्यालय, भर्ना अभियान र पढाई सुरू

किन असन्तुष्ट छ सरकार र शिक्षक महासंघको सहमतिसँग विद्यालय कर्मचारी परिषद् ?

प्रतिक्रिया