नेपाल कल्चरल इन्टरनेसनल फिल्म फेस्टिभलको तेस्रो संस्करण हुँदै, १४ विधाका फिल्मलाई पुरस्कार बाँडिने

काठमाडौं : नेपाल कल्चरल इन्टरनेसनल फिल्म फेस्टिभलले तेस्रो संस्करण आयोजना गर्ने जनाउँदै फिल्मकर्मीलाई सहभागिताका लागि फिल्म बुझाउन आग्रह गरेको छ । फेस्टिभलका संस्थापक सन्तोष सुवेदीले देशी र विदेशी फिल्म समावेश फेस्टिभलमा सहभागिता जनाउनका लागि जुलाई १ सम्मको समय सीमा तोकिएको जानकारी गराएका छन् ।
इच्छुक फिल्मकर्मीले फिल्म फ्रिवेमार्फत् फेस्टिभलमा बुझाउन सक्नेछन् । सुवेदीले पहिलो र दोस्रो संस्करणको सफलतासँगै तेस्रो संस्करणको आयोजना लागि तयारीमा लागेको बताएका छन् ।
‘पहिला दोस्रो संस्करणको सफलतासँगै तेस्रो संस्करण आयोजना गर्ने तयारी थालेका हौं । यसका लागि जुरीहरू छान्ने काम पनि सुरु भइसकेको छ । फेस्टिभल चैं डिसेम्बरमा गर्ने योजना छ,’ सन्तोषले इकागजसँग भने ।
उनले भर्खरै खुलेको आवेदनमा पनि २७ देशका ७२ वटा फिल्म आइसकेको बताए । उनले अझै दुई महिना बढी फिल्म पठाउने समय सीमा रहेकाले प्रशस्त फिल्म सहभागी हुने अपेक्षा रहेको बताए ।
फेस्टिभलमा ७ नेपाली र ७ विदेशी गरी १४ फिल्मलाई पुरस्कृत गरिनेछ । फेस्टिभलमा विदेशतर्फ उत्कृष्ट फिचर फिल्म, उत्कृष्ट सर्ट फिल्म, उत्कृष्ट डकुमेन्ट्री फिल्म, उत्कृष्ट ह्युमन राइट्स फिल्म, उत्कृष्ट चिल्ड्रेन फिल्म, उत्कृष्ट वुमन फिल्म र उत्कृष्ट एनिमेटेड फिल्म गरी ७ विधामा अवार्ड बाँडिनेछ । यसमा उत्कृष्ट हुने फिचर फिल्मले ट्रफीसँग ५ सय अमेरिकी डलर प्राप्त गर्नेछन् भने बाँकी सबै विधाका विजेताले २ सय ५० डलर प्राप्त गर्नेछन् ।

सन्नी देओलको बोर्डरः २ को सकियो सुटिङ

‘सितारे जमीं पर’ले कमायो १५४ करोड, बन्यो १५० करोड कटाउने ६५ औं चलचित्र

‘जाने भए जाम माया’ युट्युबमा सर्वाधिक हेरिएको गीत

सट्टेबाजी एप्स प्रचारमा दक्षिण भारतका १९ चर्चित कलाकारको संलग्नता, गरियो मुद्दा…

भीएस बिच रनवे २०२५ : समुद्र किनारमा फेसन, सङ्गीत र आत्मविश्वासको रंगीन समागम

कमेडियन कपिल शर्माको क्याफेमा गोली प्रहार, आतंकवादी समुहको संलग्नता

महिला फुटबलका प्रशिक्षकमाथि गायिका झुमाले गरिन 'त्यस्तो नाथे खुइले बाँदर' अभ…

प्रतिक्रिया