संक्रमित ट्रम्प चुनावी र्यालीमा

फ्लोरिडा (अमेरिका) : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोभिड-१९ को संक्रमणबाट आफू ठीक भएको भन्दै सामाजिक दुरीबेगर चुनावी र्यालीमा सहभागी भएका छन् । दुई साताभन्दा कम समयमै उनी चुनावी र्याली आयोजनामा सहभागी हुँदैछन् । फ्लोरिडामा उपस्थित भेलालाई सम्बोधन समेत गरेका उनले आफू स्वास्थ्य रहेको भन्दै आफ रोग ‘रोगप्रतिरोधी’ बनेको बताए।
बीबीसीका अनुसार, ट्रम्पले चुनावी प्रतिस्पर्धी जो बाइडेनलाई ‘कट्टर समाजवादीहरूको कठपुतली’ को संज्ञा दिए । उनको सञ्चारकर्मी र सञ्चार माध्यमप्रति आक्रोश पनि उत्तिकै थियो । सञ्चारमाध्यमले आफूप्रति पूर्वाग्रह राखेको भन्दै उक्त रोष ब्यक्त गरेका हुन् ।
अमेरिकामा कोरोनाबाट २ लाख १९ हजार भन्दा बढी मानिसको मृत्यु भइसकेको भए पनि त्यहाँ कोरानाको बारेमा अझै चेतना सुन्य झै छ । फ्लोरिडा राज्यको स्यान्डफोर्ड नगरमा भएको र्यालीका सहभागीले सामाजिक दूरी पालना गरेका थिएनन् भने कैयौं बिनामास्क उपस्थित थिए। उनले समर्थकलाई मास्क तथा सामाजिक दूरीजस्ता सुरक्षात्मक उपायबारे प्रोत्साहन नगरेको भन्दै आलोचना गरे ।
कोभिड-१९ को संक्रमणपछि क्वारेन्टाइमा रहेकी ह्वाइट हाउसकी प्रेस सचिव केली मकइनानीले र्यालीका सहभागीलाई मास्क लगाउन प्रोत्साहन गरिने र सेनिटाइजरको व्यवस्था गरिने बताएको बीबीसीले जनाएको छ। डेमोक्र्याट प्रतिस्पर्धी बाइडेनले पनि राष्ट्रपतिको व्यवहारको आलोचना गरेका छन्। ‘राष्ट्रपति ट्रम्प आज स्यानफोर्ड त आए । तर उनले गैरजिम्मेवार व्यवहार, विभाजनकारी विचार र त्रास फैलाउने कामबाहेक केही ल्याएनन्’ उनले भने ।
राष्ट्रपति ट्रम्पले आगामी चार दिनमा चार राज्यका चुनावी कार्यक्रममा सहभागी हुने छन् । उनी त्यहाँबाट पेनसिल्भेनिया, आयोवा र नर्थ क्यारोलिनामा कार्यक्रमहरू गर्दैछन्।

चीनको कुन्मिङमा नवौँ चीन–दक्षिण एसिया प्रदर्शनी सुरु

राहदानी बनाउन स्पेनको बेनिड्रोमबाट २५२ को आवेदन

‘भूतपूर्व गोर्खाका मागबारे बेलायत सकारात्मक’

नर्थ क्यारोलाइनामा नेपालको शिक्षाका विषयमा अन्तरक्रिया

दुबईको सम्पदामा ‘लुम्बिनी ड्रिम गार्डेन गेष्टहाउस एण्ड रेष्टुरेन्ट’ खुल्यो

अवुधावीमा मनाइयो गणतन्त्र दिवस

भारतस्थित नेपाली दूतावासले भन्यो- भारतमा रहेका नेपालीले सुरक्षासम्बन्धी निर्द…

प्रतिक्रिया