आइतबार ०४ जेठ, २०८२
Sunday, May 18, 2025

संघीय निजामती ऐन तुरुन्त ल्याइयोस् : सांसद दामोदर पौडेल बैरागी

काठमाडौँ–सांसद दामोदर पौडेल बैरागीले संघीय निजामती कर्मचारी ऐन तुरुन्त ल्याउन माग गरेका छन् । बिहीबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले सरकारलाई निजामती ऐन ल्याउन अनुरोध गरेका हुन् । 

‘निजामती सेवालाई स्वच्छ, निष्पक्ष, सक्षम पारदर्शी, उत्तरदायी, सहभागिता मूलक बनाउन,क्षतिपूर्तीसहितका नागरिक सेवा प्रदान गर्न संघीय निजामती ऐन ल्याउन जरुरी छ,’ उनले भने, ‘र यसलाई तुरुन्त ल्याइयोस् ।’

यसै अधिवेशनबाट ऐन ल्याउनुपर्ने समेत उनको भनाइ छ । सांसद् बैरागीले निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियन र संगठनहरूको सुझावलाई मध्यनजर गरेर ऐन ल्याउन सुझाव दिए ।