उपमेयर औषधि लगिदिन्छिन्, मेयर अक्सिजन सिलिन्डर
कोभिड-१९ संक्रमितका घरघरै पुगेर हौसला दिन्छन् जनप्रतिनिधि

विराटनगर : निजि तथा सरकारी अस्पतालका वेडहरु कोरोना संक्रमितका करण भरीन थालेपनि स्थानीय तहले अक्सिजनसहितका आइसोलेशन बनाउन थालेका छन् । पछिल्लो समय प्रदेश–१का कोभिड–१९ अस्पतालरू विरामीले भरीभराउ भएका छन् ।
विराटनगर महानगरपालिकाले कोरोना संक्रतिहरुलाई सुरक्षित रुपमा बस्नका लागि विराटनगर १ स्थित भट्टाचोकमा नयाँ आइसोलेसन सेन्टर थप गरेको छ । यस अघि महानगरले वडा नम्बर १९ वैजनाथपुरमा आइसोलेसन सञ्चालन गर्दै आएको छ ।
विराटनगर–३ स्थित आरआरएनको सभाहल रहेको भवनमा आइसोलेसन स्थापना गरिएको र त्यहाँ संक्रमितहरुलाई तत्काल आवश्यक पर्दा अक्सिजनको प्रवद्यन्ध मिलाइएको महानगरका प्रमुख भीम पराजुलीले बताए । नयाँ आइसोलेसन भवन आज आइतनबारबाट सञ्चालनमा आएको छ । आइसोलेसनमा रहने बिरामीका लागि चिकित्सकीय सेवा र मनोपरामर्शसमेत उपलब्ध हुने छ । महानगरले कोभिड उपचारमा यस अघि सहयोग लिँदै आएका चिकित्सकहरु मार्फत बिरामीहरुको रेखदेख र उपचारमा सहयोग गर्ने महानगरले जनाएको छ ।
यसै गरी मोरङको उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले आइसोलेसन निर्माण गर्न आफैं अक्सिजन सिलिन्डर तथा आवश्यक उपकरण बोकेर राजघाटस्थित स्वास्थ्य कार्यालय पुगे । त्यहाँ नगरपालिकाले अक्सिजनसहितको ११ बेडको आईसोलेसन शुरु गरेको छ । सुनसरीको वराहक्षेत्र नगरपालिकालेपनि आइसोलेसन सञ्चालनमा ल्याएको छ । मोरङका बेलबारी नगरपालिका र शुन्दरहरैंचा नपाले समेत आइसोलेसन सञ्चालन गरेका छन् ।
सुनसरीको इटहरी उपमहानगरले क्षेत्रीय रंगशालामा ५० शैयाको अक्सिजनसहितको आइसोलेसन संचालन गरेको छ । ६ शैयाको कोभिड अस्पताल संचालनमा ल्याएको छ ।
यसै विच इटहरी पउपहानगरपालिकामा चिकित्सक सहित उपमेयर लक्ष्मी गौतमको टोलीले आइसोलेसनमा बसेका विरामीहरुलाई घरघरम औषधि पु¥याइ रहेको छ । इटहरी उपमहानगरको स्वास्थ्य शाखाले अहिले होम आइसोलेसनमा रहेका संक्रमितको अवस्था बुझ्न प्रत्यक्ष भेटघाट गर्ने र टेलिफोन गरेर बुझ्ने काम गरिरहेको उपमेयर गौतमले बताइन् ।
यता विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली संक्रमितलाई समस्या परे आफैं अक्सिजन सिलिन्डर बोकेर घर घर पुउने कामलाई निरन्तरता दिएका छन् । मेयर पराजुलीले पहलो लहरमा समेत केभिडका विरामीहरुलाई घरघरमा अक्सिजन पु¥याएका थिए । पराजुलीका अनुसार वडाहरुले संक्रमितलाई औषधिको पोकासमेत पठाउने गरेका छन । विराटनगरमा ज्येष्ठ नागरिकको स्वाब मोबाइल भेनमार्फत घरमै गएर संकलन गर्ने व्यवस्था पनि गरिएको छ ।
६४ वर्षमा पनि जाँगरिला ‘युक्ति’

चन्दा सङ्कलन गरेर विद्यालयलाई बस

१५ लाख भारुसहित एक जना पक्राउ

अन्तरजातीय विवाह गर्ने ४० जोडीलाई सम्मान

कोशी प्रदेशमा गणतन्त्र दिवस तीन दिन मनाइने

मकालु हिमाल आरोहण गर्ने क्रममा एक अमेरिकी नागरिकको मृत्यु

सडकको चट्टान फोर्न ‘केमीकल’ प्रयोग गरिने
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_kGXZ6ajNij_rgudjoumwxnoesu0chwtj4pazcqqocrstbxinc1r8ntxslaponaf6e9utjln_xrITX4RRAL_0vtbpde7vvcmmrgzn7vcjutj9mmvrotrimla4gyq1zu2q8jedebmid3ogvh9.jpg)
प्रतिक्रिया