आइतबार २९ असार, २०८२
Sunday, July 13, 2025

लुम्बिनीको नीति तथा कार्यक्रम मन्त्रिपरिषदबाट पारित

बुटवल। लुम्बिनी प्रदेश सरकारले नीति तथा कार्यक्रम प्रदेश सभामा जेठ २६ गते प्रदेश सभामा प्रस्तुत गर्ने निर्णय गरेको छ । 

बुधबार बसेको मन्त्री परिषदले प्रदेशको नीति तथा कार्यक्रम २६ गते प्रस्तुत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला कानुन तथा सहकारी मन्त्री सन्तोष पाण्डेले जानकारी दिए । उनका अनुसार सरकारको नीति तथा कार्यक्रम कृषि र रोजगारी श्रृजनामा केन्द्रित गर्ने गरिएको छ । 

प्रदेशले पेस गर्ने नीति तथा कार्यक्रम प्रदेश प्रमुखबाट प्रदेश सभामा प्रस्तुत गर्न अनुरोध गर्ने निर्णयसमेत गरिएको छ । त्यसै गरेर बैठकले आर्थिक वर्ष २०८०/८१मा प्रदेश सरकारले स्थानीय तहलाई प्रदान गर्ने वित्तीय हस्तान्तरण अन्तर्गत समपूरक बजेटमा हेरफेर गर्ने निर्णय समेत गरिएको प्रवत्ता पाण्डेले जानकारी दिए ।