१४ दिनको छोराको हत्या गरेपछि...

काठमाडाैं । आफ्नै शिशुको हत्या गरी फरार अभियुक्त पक्राउ परेका छन् । जन्मिएको १४ दिन भएको छोराको हत्या आरोपमा बारा देवताल गाउँपालिका वडा नं.४ का नूर आलम अंसारीलाई प्रहरीले पक्राउ गरेको हो ।
उनले जेठ १४ गते साँझ १४ दिनको आफ्नो छोराको हत्या गरेको प्रहरीले जनाएको छ । छाेराको हत्या गरी फरार रहेका उनलाई काठमाडाैं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । प्रहरीले उनलाई चन्द्रागिरी नगरपालिका वडा नं.१५ ढुंगेअड्डा पिपलबोटबाट पक्राउ गरेको थियो ।
फरार रहेकाले खोजतलास गरी पक्राउ गरिदिनु हुन भनी बारा प्रहरीबाट पत्राचार भई आएको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय बारा पठाइएको छ ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया