एनआरएनले पठाएका ५६० अक्सिजन सिलिण्डर स्वास्थ्यमन्त्रीलाई हस्तान्तरण

काठमाडौँ : गैर आवासीय नेपाली संघ (एनआरएनए) ले अक्सिजनको संकट टार्न मध्यपूर्वका गैर आवासीय नेपालीले पठाएका ५६० अक्सिजन सिलिण्डर स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गरेको छ ।
५६० अक्सिजन सिलिण्डरमध्ये पाँचओटा प्रदेशमा पठाउन एनआरएनएले आग्रह गरेको छ । एनआरएनएका अध्यक्ष कुमार पन्तले अक्सिजन सिलिण्डर स्वास्थ्यमन्त्रीलाई हस्तान्तरण गर्दै सुदूरपश्चिममा १००, कर्णालीमा १००, लुम्बिनीमा २००, प्रदेश २ मा ८५ र गण्डकीमा ७५ ओटा पठाउन आग्रह गर्दै एनआरएनएले उक्त अक्सिजन सिलिण्डर स्वास्थ्य तथा जनसंख्या मन्त्रीलाई हस्तान्तरण गरेको हो ।
एनआरएनएले अहिले ‘नेपालमा अक्सिजन पठाऔं, आफन्तको ज्यान बचाऔं’ अभियान समेत सञ्चालन गरिरहेको छ । यसअन्तर्गत सहयोग जुट्ने क्रम जारी रहेको अध्यक्ष पन्तले बताए । उनका अनुसार, एनआरएनएले छिट्टै ६७० अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराउन लागेको छ ।

विदेशी मुद्रा कतिमा हुँदैछ कारोबार ?

काठमाडौंमा खुल्यो करेन्ट पोइन्टः करेन्ट नुडल्स पारखीले नयाँ स्वाद र फ्लेबरको मज्…

मौद्रिक नीति सार्वजनिक : शेयर धितो कर्जा २५ करोड, घर कर्जा ३ करोड

मौसमी सागसब्जी बेचेर मासिक दुई लाख आर्जन

आज यस्तो छ विदेशी मुद्राको विनिमयदर

प्राकृतिक प्रकोप न्युनिकरणमा चीनसँग सहकार्य अपरिहार्य: उर्जा मन्त्री खडका

आज यस्तो छ विदेशी मुद्राको विनिमय दर

प्रतिक्रिया