श्रीलंकाले जित्यो अफगानिस्तानविरुद्धको एकदिवसीय सिरिज
काठमाडौँ- घरेलु टोली श्रीलंकाले अफगानिस्तानविरुद्धको तीन खेलको एकदिवसीय सिरिज जितेको छ । अन्तिम खेलमा अफगानिस्तानलाई ९ विकेटले पराजित गर्दै श्रीलंकाले सिरिज २-१ ले जितेको हो ।
पहिलो खेल अफगानिस्तानले ६ विकेटले जितेपनि दोस्रो खेलमा श्रीलंकाले अफगानिस्तानलाई १ सय ३२ रनले पराजित गरेको थियो ।
बुधबार भएको तेस्रो तथा अन्तिम खेलमा श्रीलंकाले १ सय १७ रनको लक्ष्य १६ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । श्रीलंकालाई जित दिलाउन दिमुथ करुणारत्नेले ५६ रन तथा पाथुम निसान्काले ५१ रन जोडे । अफगानिस्तानका गुलबदिन नइबले १ विकेट हात पारे ।
यसअघि हम्बानटोटामा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले २२ ओभर २ बलमा सबै विकेट गुमाएर १ सय १६ रनमात्र जोड्न सक्यो । अफगानिस्तानका लागि मोहम्मद नाबीले सर्वाधिक २३ रन तथा इब्राहिम जदरानले २२ रन बनाए ।
श्रीलंकाका लागि दुस्मान्था चमिराले सर्वाधिक ४ तथा वानिन्दु सहरंगाले ३ विकेट लिए । लाहिरु कुमाराले २ तथा महिस थिकसानाले १ विकेट हात पारे ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया