सन्यास लिएका मोइन अलीले पुनः टेस्ट खेल्ने

काठमाडौँ- सन्यास लिइसकेका अलराउन्डर मोइन अलीले पुनः इंग्ल्यान्डका लागि टेस्ट क्रिकेट खेल्ने निश्चित भएको छ । इंग्ल्यान्डको क्रिकेट बोर्ड (ईसीबी) ले अस्ट्रेलियाविरुद्धको पाँच खेलको टेस्ट सिरिज (एसेज) को पहिलो दुई खेलका लागि मोइनलाई टिममा राखेको हो ।
स्पिनर ज्याक लिच घाइते भएपछि उनको स्थानमा मोइनलाई टिममा राखिएको बोर्डले जनाएको छ । इंग्ल्यान्डका कप्तान बेन स्टोक्स र प्रशिक्षक ब्रेन्डन म्याककुलमले आग्रह गरेपछि मोइन पुनः टेस्ट टिममा फर्किएको बीबीसीले उल्लेख गरेको छ ।
टेस्ट क्रिकेट खेल्न गाह्रो भएको भन्दै मोइनले सन् २०२१ को सेप्टेम्बरमा सन्यासको घोषणा गरेका थिए । इंग्ल्यान्डका लागि ६४ टेस्ट खेलेका मोइनले २ हजार ९ सय १४ रन बनाउनुका साथै १ सय ९५ विकेट हात पारेका छन् ।
इंग्ल्यान्ड र अस्ट्रेलियाबीचको पहिलो टेस्ट जुन १६ बाट सुरु हुनेछ ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया