बुटवल र बाँकेमा ११ संक्रमितको मृत्यु

बुटवल : कोभिड-१९ संक्रमणबाट बुटवल र बाँकेमा गरि पछिल्लो १२ घण्टामा ११ संक्रमितको मृत्यु भएको छ । कोभिड-१९ संक्रमणबाट लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत ३ जनाको मृत्यु भएको हो ।
प्रादेशिक अस्पतालका उपचाररत १ संक्रमितको गएराति र २ जना संक्रमितको बिहान मृत्यु भएको अस्पताल प्रशासनले जानकारी दिएको छ । २ जना संक्रमितको प्रादेशिक अस्पतालको आकस्मिक कक्ष र एक जना संक्रमितको कोरोना बिशेष अस्पताल धागो कारखानाको आइसीयू कक्षमा मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा.विष्णु गौतमले जानकारी दिए ।
तिलोत्तमा नगरपालिका ४ का ३६ वर्षीय पुरुषको गएराति अस्पतालको आकस्मिक कक्षमा मृत्यु भएको उनले बताए । त्यस्तै नवलपरासी भूमहीका ४८ वर्षीय पुरुषको बुटवल कोरोना विशेष अस्पतालको आइसीयूमा उपचारका क्रममा आइतबार बिहान मृत्यु भएको हो । बैशाख २४ गते कोभिड पुष्टि भएका ती पुरुष २६ गते अस्पतालमा भर्ना भइ उपचारत रहेको डा.गौतमले जानकारी दिए ।
त्यस्तै गुल्मी सत्यवती गाउँपालिका ५ निवासी ४५ वर्षीय पुरुषको आकस्मिक कक्षको वार्डमा उपचारका क्रममा मृत्यु भएको छ । बैशाख २८ गते भर्ना भएका उनको बिहान मृत्यु भएको डा.गौतमले बताए । योसँगै रुपन्देहीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको कूल संख्या ३३९ पुगेको छ ।
यस्तै बाँकेमा पछिल्लो १२ घण्टामा ८ जनाको मृत्यु भएको छ । शनिबार साँझ ६:३० देखि आइतबार बिहान ६:३० बजेसम्म ८ जना संक्रमितको मृत्यु भएको हो । उनीहरूमध्य २ जनाको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल र ६ जनाको भेरी अस्पताल नेपालगन्जमा मृत्यु भएको थियो ।
मृत्यु हुनेहरूमा मधुवन नगरपालिका-९ बर्दियाका ४० वर्षीय पुरुष, बढैयाताल गाउँपालिका-१ बर्दियाका ५० वर्षीय पुरुष, गौरीगंगा गाउँपालिका-४ कैलालीका ५२ वर्षीय पुरुष, रुम्टिगढी-३ रोल्पाका ३५ वर्षीय पुरुष, बढैयाताल गाउँपालिका-२ बर्दियाका ८७ वर्षीय पुरुष छन् ।
त्यसैगरि नेपालगन्ज उपमहानगरपालिका-१९ बाँकेका ६० वर्षीय पुरुष, कोहलपुर नगरपालिका-१५ बाँकेका ६७ वर्षीय पुरुष तथा राप्ती सोनारी-२ की ५२ वर्षीया महिलाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
डीसीसीएमसी बाँकेका कोरोना फोकलपर्शन तेज ओलीका अनुसार कोभिडकाकारण बाँके जिल्लामा मृत्यु हुनेको संख्या २ सय ३५ र बाँके जिल्लाबाहिरबाट उपचार गर्न आएका कोरोना संक्रमितको मृत्यु हुने संख्या १ सय ८३ पुगेको छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया