वर्तमान सरकारले अर्थतन्त्र विकासको नेतृत्व गर्न सक्दैन : ओली

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले अर्थतन्त्र विकासको नेतृत्व गर्न नसक्ने बताएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै ओलीले वर्तमान सरकार नेपाललाई विकासित देशका रूपमा रूपान्तरण गर्न नसक्ने बजेट ल्याएको सरकारले अर्थतन्त्र विकासको नेतृत्व गर्न नसक्ने बताएका हुन् ।
उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिबद्धता, नेपालको समृद्धिका साथै देशको हितविपरीत आएको बजेटलाई स्वीकार गर्न नसकिने जिकिर गरे । बजेट संसदबाट अंकगणितीय हिसाबले पास हुन सक्ने भए पनि व्यवहारिक रूपमा नै पारित हुनुपर्ने उनले बताए । उनले गठबन्धनको जीवनरक्षाका लागि मात्रै आएको बजेट भएको र नेपाल र नेपालीको हितका लागि नआएको तर्क गरे । यस्तै ओलीले सरकारको नीति तथा कार्यक्रममाथि प्रतिपक्षी दलले दिएको सुझावलाई बेवास्ता गरिएको भन्दै बजेटले लिएको लक्ष्य पूरा नहुने दाबी गरे ।

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया