आइतबार ०४ जेठ, २०८२
Sunday, May 18, 2025

संसदमा मात्र होइन व्यवहारमा पनि बजेट पास हुनुपर्छ : केपी ओली

काठमाडौँ- प्रतिनिधिसभामा आर्थिक वर्षको २०८०/०८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल भइरहेको छ । 

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा भइरहेको उक्त छलफलमा सहभागी हुँदै एमाले अध्यक्ष केपी शर्मा ओलीले बजेट संसदबाट मात्र नभएर व्यवहारमा पनि पास हुनुपर्ने बताएका छन् । 

बहुमतको बलमा संसदबाट बजेट पास भए पनि व्यवहार पास हुने नहुने आफूहरूले हेर्ने भन्दै उनले तर, बजेटले लिएको लक्ष्य पूरा नहुने जिकिर गरे । 

नीति तथा कार्यक्रममाथिको छलफलमा आफूहरूले दिएको सुझावलाई बेवास्ता गरिएको भन्दै उनले अघिल्लो वर्ष ल्याइएको बजेटले लिएको लक्ष्य पूरा गर्न नसकेको बताए ।