राष्ट्रिय दृष्टिविहीन क्रिकेट टिमका खेलाडीहरू नगदसहित सम्मानित

काठमाडौँ- दोश्रो नेपाल–भारत टी–२० नेत्रहीन महिला क्रिकेट सिरिजको विजेता नेपाली राष्ट्रिय दृष्टिविहीन महिला क्रिकेट टिमका खेलाडीहरू सम्मानित भएका छन् । वैशाख १२ देखि १७ गतेसम्म पोखरा र काठमाडौँमा भएको ५ खेलको सिरिज नेपाली टिमले ३–१ ले जितेको थियो ।
सिरिज विजेता टिमका खेलाडीहरूलाई नेत्रहीन क्रिकेट संघ नेपालले जनही १० हजार नगदसहित सम्मान गरेको हो ।
सम्मानित हुने खेलाडीमा कप्तान भगवती भट्टराई, उपकप्तान गिता पौडेल, प्रतिभा राई, रिता थापा, मुना अर्याल, माया लुङ्गगेलि, सुश्मा तामाङ, मनकेशरी चौधरी, कान्ती योगी, सरिता घिमिरे, वनिता मगर सोमाई, दिल्लीशरा धमला, विनिता पुन, निशा चौधरी र विमला राई रहेका छन् ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया