संसदमा अर्थमन्त्री महतको जवाफ : इमान्दार भएर काम गर्दा प्रश्नमाथि प्रश्न उठ्दो रहेछ

काठमाडौँ– अर्थमन्त्री प्रकाशशरण महतले बजेट निर्माणमा आफूले अनियमितता नगरेको जिकिर गरेका छन् । बजेट निर्माणका क्रममा करका दर हेरफेरमा पूर्व नासु रामकृष्ण श्रेष्ठलाई संलग्न गराएको भन्ने उनीमाथि लागेको आरोपलाई खण्डन गर्दै मंगलबार संसदमा उनले आफूले इमान्दार भएर काम गरेको बताए ।
‘इमान्दार भएर काम गर्न कति कठिन हुँदो रहेछ । इमान्दार भएर काम गर्दा प्रश्नमाथि प्रश्न उठ्दो रहेछ,’ उनले भने, ‘एउटा पत्रिकाले एउटा न्यूज पटकपटक दोहोर्याउँछ । त्यसैलाई हामी सत्य ठान्दछौँ । तर, वास्तविकता के हो भने पारदर्शी ढंगबाट कुनै पनि प्रभावबाट मुक्त भएर मैले काम गरेको छु ।’
आर्थिक वर्ष २०८०–८१ को बजेट निर्माणका क्रममा करका दर हेरफेर गर्न पूर्व नासु श्रेष्ठलाई संलग्न गराएकाे भन्दै सांसदहरूले विरोध गरेका हुन् । यसै कारणले मंगलबारको बैठक निर्धारित समयभन्दा दुई घण्टा ढिलो सुरु भएको थियो ।

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया