बजेटमा विचौलिया प्रवेश रोक्न ठूला भ्रष्टाचारीलाई मृत्युदण्ड दिने व्यवस्था गरौँ : प्रेम सुवाल
काठमाडौं - आर्थिक विधेयक निर्माणका क्रममा करका दर फेरफेरमा पूर्वनासु रामकृष्ण श्रेष्ठलाई सहभागी गराइएको विषयले प्रतिनिधिसभामा प्रवेश पाएको छ ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकको सुरुमै एमालेका प्रमुख सचेतक पदम गिरी, राप्रपा प्रमुख सचेतक ज्ञानेन्दबहादुर शाही, सांसदहरु स्वर्णिम वाग्ले, अमरेशकुमार सिंह र प्रेम सुवालले करका दर फेरफेरमा पूर्वनासु रामकृष्ण श्रेष्ठको सहभागिताबारे छानबिन गर्न संसदीय विशेष समिति गठन गर्न माग गरेका छन् ।
सोही क्रममा सांसद प्रेम सुवालले ठूला भ्रष्टाचारीलाई मृत्युदण्ड दिने व्यवस्था गरिनुपर्ने बताएका छन् । अन्यथा बजेटमा विचौलियाको प्रवेश नरोकिने उनको भनाइ छ ।
यसैगरी उनले स्रोत नखुलेका सम्पत्ति राष्ट्रियकरण गर्नुपर्ने र विदेशमा सम्पत्ति लैजान नपाउने व्यवस्था गर्नुपर्ने माग गरे । करमा दर हेरफेरमा श्रेष्ठकाे सहभागिताबारे उठेका प्रश्नकाे जवाफ संसदमा अर्थमन्त्री डा प्रकाश शरण महतले दिइरहेका छन् ।

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया