बुहारीकाे हत्या गरी सासु-ससुराले शव जंगलमा गाडेपछि...

कैलाली । गौरीगंगा नगरपालिका-१ गोप्का कि २८ वर्षीया कविता बुढा सोही ठाउँस्थित केदारेश्वर सामुदायिक वनमा सोमबार मृत अवस्थामा फेला परिन् । बुढा सामुदायिक वनभित्र खाल्डोमा पुरिएको अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।
गएकाे बिहीबार राति कविता बुढा, उनकै छोरा ८ वर्षीय डण्डीराज बुढा र ससुरा ५२ वर्षीय डिल्ली भन्ने दिलिप सिंह बुढा हराएको भन्ने सूचना ईलाका प्रहरी कार्यालय चौमालालाई प्राप्त भयाे । लगत्तै प्रहरीले खोजी गर्दै जाँदा सोमबार साँझ केदारेश्वर सामुदायिक वनभित्र खाल्डोमा पुरिएको अवस्थामा कविताको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक देवेन्द्र बहादुर पालले जानकारी दिए ।
घरायसी विवादमा सासु ससुरा मिलेर बुहारीको हत्यापछि वनमा लगेर गाडेको पक्राउ परेकी सासु लक्ष्मीदेवी बुढाले बयानका क्रममा बताएको प्रहरीले जानकारी दिएको छ ।
मृतक बुढाको श्रीमान् कान्छी श्रीमतीसँगै भारतमा बस्दै आएका छन्। हत्यापछि नाति लिएर फरार भएका दिलिप सिह बुढाको खोजी कार्य भइरहेको प्रहरी उपरीक्षक पालले बताए ।

कैलालीमा नक्षत्र वाटिका

भीरबाट लडेर महिलाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_uYo6SbrWTv_rumxl2apwoyuvflfztwpvdgjc9ydofrmgqonrriyntgyhlvgnyzoem7wzd7a_htbscOYam3_lbhrjdthtfl1mzmhm7x8kogur1u27grexrt0tph9koshzgkpdbphsc5rgu2t.jpg)
बाढीको जोखिममा रहेका घरमा रातो झण्डा

पुर्ख्यौली सीप बोकेका गङ्गाराम भन्छन्- आत्मनिर्भर हुनका लागि मेसिन अनुदानमा पाउ…

कैलालीमा सुत्केरी मृत फेला

ढुङ्गा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृत्यु

सुर्नयामा ठेउला सङ्क्रमणबाट बालबालिका प्रभावित

प्रतिक्रिया